2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

एमाले डडेल्धुराले लगायो ७ स्थानीय तहका उम्मेदवारको टुङगो

ललित बोहरा/बैशाख २३, डडेल्धुरा । आसन्न जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले डडेल्धुराले उम्मेदवारहरुको टुङगो लगाएको छ ।

 सात वटा स्थानीय तह रहेको जिल्लामा वडाहरुका उम्मेदवार जिल्ला कमिटीले टुङगो लगाएको हो भने नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्ष उम्मेदवारहरुको टुङगो प्रदेश कमिटीले लगाएको नेकपा एमाले डडेल्धुराका जिल्ला कमिटी सचिव धन बहादुर साउँदले जानकारी दिएका छन् ।

 जसमा अमरगढी नगरपालिकाको प्रमुखमा एमाले नगरकमिटी अध्यक्ष रहेका विपीन ओझा, उप–प्रमुखमा लामो समय देखी डडेल्धुरामा पत्रकारिताको क्षेत्रमा क्रियाशिल रहेकी संगीता भण्डारीको उम्मेदवारी रहेको छ ।

 यसैगरी पशुराम नगरपालीकाको प्रमुखमा चक्र प्रसाद स्नेही र  उप–प्रमुखमा कलापती भट्टराईलाई उम्मेदवार बनाएको छ । 

यस्तै अजयमेरु गाउँपालीकाको अध्यक्षमा जिल्ला सचिब धन बहादुर साउँद, उपाध्यक्षमामा शारदा विक, नबदुर्गा गाउँपालिकाको अध्यक्षमा कबिन्द्र बिष्ट, उपाध्यक्षमा जयन्ती बुढाऐर, गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र मल्ल, उपाध्यक्षमा कृष्णा ओझा, भागेश्वर गाउँपालिकाको अध्यक्षमा बिष्णु ठकुराठी, उपाध्यक्षमा कमला माली, र आलिताल गाउँपालिकाको अध्यक्षमा तुलाराम बोहरा, उपाध्यक्षमा हरिना बोगटीलाई उम्मेदवार बनाएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ ।

 नेकपा एमाले डडेल्धुराले अन्य वडा अध्यक्ष्य, उपाध्यक्ष र सदस्यहरुको  पनि टुंगो लगाइ सकेको जनाएको छ ।  दुई नगरपालिका र पाँच गाउँपालिहरुमा महिला उम्मेदवारहरु भने उप–प्रमुख तथा उपाध्यक्षमै सिमित बनाएको छ ।

 यस्तै अन्य राजनीतीक दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा डडेल्धुराले पनि लगभग उम्मेदवारको टुंगो लगाउन नजिक पुगेको बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो