पर्वत ।  बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावमा माओवादी केन्द्र पर्वतको तर्फबाट कुश्मा नगरपालिकाको मेयर पदका लागि उम्मेदवार बनेका बौद्धिक एवं युवा नेता शंकर गिरीले कुश्मा नगरपालिकालाई समृद्ध बनाउने योजना आफू बाहेक अरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावमा माओवादी केन्द्र पर्वतको तर्फबाट कुश्मा नगरपालिकाको मेयर पदका लागि उम्मेदवार बनेका बौद्धिक एवं युवा नेता शंकर गिरीले कुश्मा नगरपालिकालाई समृद्ध बनाउने योजना आफू बाहेक अरु"/>
२०८३, १८ जेष्ठ सोमबार
पर्बत - PBT

समृद्ध कुश्मा बनाउने योजना मसँग छ युवा नेता शंकर गिरी

२०७४, २४ बैशाख आईतवार ०६:०१

पर्वत ।  बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावमा माओवादी केन्द्र पर्वतको तर्फबाट कुश्मा नगरपालिकाको मेयर पदका लागि उम्मेदवार बनेका बौद्धिक एवं युवा नेता शंकर गिरीले कुश्मा नगरपालिकालाई समृद्ध बनाउने योजना आफू बाहेक अरुसँग नभएको बताएका छन् । उनले कुश्मा नगरपालिकालाई समृद्ध बनाउने योजना, भिजन आफूसँग भएको भन्दै त्यसको जिम्मा आफूलाई दिन मतदातालाई अनुरोध गरेका छन् ।

कुश्माकोे विकास कसरी हुन्छ त्यसको निर्धारण गर्नको लागि योजना, भिजन र स्वच्छ मानसिकता चाहिन्छ । त्यो अरु उम्मेदवारहरुमा छैन । विवादका विच उम्मेदवारी दिएकाहरु समाजलाई विजय भएपनि फेरी पनि उही विवाद र गुटमा फसाउने डर हुन्छ त्यसैले एक पटक मलाई विजय गराएर मौका दिनुहोस म नगरपालिकाको विकासमा कायपलट गरेर छोड्नेछु ।

नगरपालिकाका प्रत्येक वडाको बस्तुस्थीतिको बारेमा आफूलाई राम्रो ज्ञान र कहाँ केको आवश्यकता छ भन्ने कुराको बारेमा आफूलाई जानकारी भएको र कसरी कुश्मालाई पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गरी यहाँका हरेक वडाका नागरिकलाई सक्षम र आत्मानिर्भर बनाउन सकिन्छ भन्ने कुरा आफ्नो डिजाइनमा रहेको उनले बताए ।

अव्यवस्थीत बसोबास रहेको कुश्मालाई स्मार्ट सिटि बनाउनुको साथै एक घर एक रोजगार , सुकुम्बासी विहिन नगर,  अनिवार्य निशुल्क स्वास्थ्य विमा, खेलकुद मौदान निर्माण, हरेक वडा र संजालमा पक्की सडक, पर्यटन विकासका लागि भ्यू टावर, कुश्मा नगरपालिकाभित्र रिङरोड, हरेक घर स्वच्छ पिउने पानी, कोल्ड स्टोर निर्माण,  हरेक वडामा सार्वजानिक खानेपानी तथा शौचालय, कृषि अनुदान, कालीगण्डकीमा ¥याफ्टीङ, प्याराग्लाइडिङ, विद्युत र खानेपानीको न्यून युनिटमा छुट, मोटरेवल पुल(कुश्मा–ज्ञादी र कुश्मा बलेवा) र प्रत्येक वडा १५ शैयाको अस्पाताल निर्माण गरी नागरिक मैत्री सेवा दिने योजनाहरु आफूसँग रहेको उनले बताए ।

काम गर्नको लागि साहस चाहिन्छ, सोही अनुसारको आफ्नो छविपनि सफा हुुनुपर्छ, नगर क्षेत्रको विकास र युवाहरुलाई परिचालन कसरी गर्न सकिन्छ त्यो ज्ञान र नगरको विकासको लागि आफूसँग दक्षता भएको भन्दै उनले मतदातालाई सहि र कुशल नेता चयन गर्न आग्रह गरे । युवाले चुन्ने, युवालाई चुन्ने भन्दै अब देश विकासको लागि युवा शक्तिको आवश्यक रहेको औलाए ।

Image may contain: 1 person

राजनीतिक निकास, आर्थिक विकासका लागि युवा नेतृत्वको आवश्यकता रहेको बताउँदै गिरीले सक्षम र कुशल नेता चुनेमा मात्रै कुश्मा नगरको विकास हुने बताए । उनी भन्छन्, धेरै पटक एकै दललाई जितायौ तर हातमा केहि परेन एक पटक युवा नेतृत्वलाई चयन गरेर हेरौ नगरले काँचुली पर्नेछ ।

माओवादी केन्द्र र आफूसँग नगरको विकासको बारेका स्पष्ट भिजन र कार्ययोजना भएको र अन्यदलसँगै स्पष्ट भिजन नभएको बताए । काम गर्नको लागि योजना चाहिन्छ योजना विना कुनै पनि काम हुदैन मेरा प्रतिद्वन्द्वी मेयरका उम्मेदवार साथीहरुसँग स्पष्ट योजना र कार्यदिशा छैन । युवाहरुसँग हुने भिजन उनीहरुसँग छैन । त्यसैले माओवादी केन्द्रलाई एक पटक मतदान गरौ अबश्य कुश्मा नगर समृद्ध हुनेछ ।

वि.स २०५६ सालमा विद्यार्थी जीवनबाट राजनीति शुरु गरेका कुश्मा नगरपालिका ६ का स्थानीयबासी हुन् । पोखारा पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दा देखि अखिल क्रान्तिकारी विद्यार्थी संगठनबाट राजनीति शुरु गरेका गिरी सोही क्याम्पसमा विद्यार्थी संगठनको सचिव हुदै पर्वत जिल्लामा विद्यार्थी संगठनको अध्यक्ष समेत बने । २०६५ सालमा तत्कालीन नेकपा माओवादी कास्कीको जिल्ला सदस्यताबाट पूर्ण रुपमा राजनीतिमा होमिएका उनी माओवादी केन्द्रको सचिवालय सदस्य हुदै अहिले कुश्मा नगरपालिकाको नगर संयोजकका रुपमा समेत काम गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ