ताराबहादुर महत । बैशाख २४, दोलखा । नेकपा एमालेको तर्फबाट भिमेश्वर नगरपालिकाको प्रमुखका उम्मेद्वार भरत केसीले आफुले मेयरको जिम्मेवारी पाएपछि भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको निति लिएर नगरमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख २४, दोलखा । नेकपा एमालेको तर्फबाट भिमेश्वर नगरपालिकाको प्रमुखका उम्मेद्वार भरत केसीले आफुले मेयरको जिम्मेवारी पाएपछि भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको निति लिएर नगरमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

2026-09-18 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

भिमेश्वर नगर प्रमुखका एजेण्डा आर्थिक समृद्धि देखि हिन्दु राष्ट्र बनाउने सम्म

ताराबहादुर महत । बैशाख २४, दोलखा । नेकपा एमालेको तर्फबाट भिमेश्वर नगरपालिकाको प्रमुखका उम्मेद्वार भरत केसीले आफुले मेयरको जिम्मेवारी पाएपछि भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको निति लिएर नगरमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

तन्नेरी चासोको सहयोगमा जवाफदेहिताका लागि गौरीशंकर युवा समुह (जिज्ञासा), दोलखाले आज चरिकोटमा आयोजना गरेको उम्मेद्वार डिवेट कार्यक्रममा उम्मेद्वार केसीले नगरपालिकाको आर्थिक समुन्नतिका लागि पर्यटकीय विकास र चरिकोटलाई शैक्षिक गन्तव्य बनाउने बताउनु भएको छ । त्यसैगरी उहाँले वैदेशिक रोजगारीमा गएका नगरबासीहरुबाट केहि रकम संकलन गरी नगर विकास कोष खडा गर्ने र उक्त रकम जलविद्युत लगायतका उत्पादनशील क्षेत्रमा लगानी गराएर आर्थिक उपार्जन गराउने पनि बताउनुभएको छ ।

 त्यसैगरी माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको तर्फबाट नगर प्रमुखको उम्मेद्वार बन्नु भएका काङ्ग्रेस नेता इश्वरनारायण मानन्धरले आफूले मेयरको जिम्मेवारी पाएमा नगरभित्रका यातायात, खानेपानि र पुन निमार्णसँग सम्बन्धित सबै समस्याको हल गर्ने बताउनु भएको छ । एक अर्को प्रसङ्गमा उम्मेद्वार मानन्धरले अब आर्थिक क्रान्तिको बाटोमा लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नगर प्रमुखकी उम्मेद्वार देवकी बुढाथोकीले आफुले मेयरको जिम्मेवारी पाएमा नगरभित्रको खानेपानीको समस्या हल गर्ने बताउनुभएको छ । त्यस्तै उहाँले संवैधानिक राजतन्त्र र नेपालमा हिन्दु धर्मको रक्षा गर्ने पनि बताउनुभएको थियो ।

कार्यक्रममा मेयरका उम्मेद्वार वक्ताहरुले जसले चुनाव जिते पनि नगरको समृद्धिका लागि एक जुट भएर अघि बढ्ने बताएका छन् ।

नगर विकासको उत्कृष्ट योजना भएको उम्मेद्वारलाई मतदान गर्ने र भावी मेयरलाई नगर विकासप्रति जवाफदेही बनाउने उद्धेश्यले डिवेट कार्यक्रम आयोजना गरिएको जिज्ञासा, दोलखाका उपाध्यक्ष गणेश बुढाथोकीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई