२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा आचारसंहिता मिच्दै चुनाव प्रचार यसरि गर्दैछन दलहरु

२४ बैशाख २०७४, आईतवार ११:४८

बैशाख २४, नवलपरासी । नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएका छन् । 

चुनावी प्रचार अभियान तीव्र बनाएसँगै विभिन्न दलबाट उम्मेदवार बनेका उम्मेदवार र अन्य नेता कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचार अभियानमा जुटिरहेका छन् । प्रदेश न ४ को नवलपुर क्षेत्रमा विभिन्न दलले निर्वाचन आचारसंहिता विपरीत प्रचारका लागि धेरै मात्रामा मोटरसाइकल यात्रालाई जोड दिइरहेका छन् । 

यसैगरी, आचारसंहिता विपरीत नवलपुर क्षेत्रमा कतिपय दल बिहानै ७ बजेदेखि नै चुनावप्रचारमा निस्कने गरेका छन् । निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा ‘निर्वाचन प्रचारप्रसारका क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारीसाधनको ¥याली गर्न वा गराउन नहुने’ उल्लेख रहेको छ । 

निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेगलत्तै उम्मेदवार चुनावी प्रचारमा जुटेका हुन् । निर्वाचन आयोगले प्रचारप्रसारका लागि ६ दिनको समय दिएको छ । उम्मेदवारले बिहान ८ देखि साँझ ७ बजेसम्म प्रचारप्रसार र चुनावी कार्यक्रम गर्न पाउनेछन् । वैशाख २८ गते रातको १२ बजेपछि प्रचार प्रसारका कार्यक्रम गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । 

नवलपरासीमा कामय भएको १५ वटा स्थानीय तहमध्ये प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुँदैछ जसमध्ये चारवटा नगरपालिकामा र चारवटा गाउँपालिकामा निर्वाचन हुनेछन् । पहिलो चरणमा नगरपालिकातर्फ गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दुमा निर्वाचन हुनेछन् भने गाउँपालिकातर्फ बुलिङटार, बुङ्दीकाली, हुप्सेकोट र विनयी त्रिवेणी रहेका छन् । 

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने तयारी गरिरहँदा नवलपरासीमा हाल कायम स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा निर्वाचन हँुदैछ । नवलपरासीमा हाल ६ वटा निर्वाचन क्षेत्र छन् जसमध्ये क्षेत्र नं १, २ र ३ मा पहिलो चरणमा निर्वाचन हुँदैछ । विशेषगरी क्षेत्र नं १, २ र ३ मा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)बीच प्रतिस्पर्धा हुने देखिन्छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार पहिलो चरणमा निर्वाचन हुने प्रदेश नं ४ मा करिब एक सय ३२ मतदानस्थल र दुई सय सय ८७ मतदान केन्द्र रहनेछन् । पहिलो चरणमा निर्वाचन हुने नवलपरासीको प्रदेश नं ४ को आठवटा स्थानीय तहमा करिब दुई लाख मतदाता छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली