वैशाख २४
नेपाली काँग्रेस फलेवासले आज कार्किनेटामा आयोजना गरेको विशाल जनसभामा १५१ जना एमाले र माओबादीका कार्यकर्ताहरु ने"/>
वैशाख २४
नेपाली काँग्रेस फलेवासले आज कार्किनेटामा आयोजना गरेको विशाल जनसभामा १५१ जना एमाले र माओबादीका कार्यकर्ताहरु ने"/>
वैशाख २४, पर्बत । नेपाली काँग्रेस फलेवासले आज कार्किनेटामा आयोजना गरेको विशाल जनसभामा १५१ जना एमाले र माओबादीका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा एमालेको गढ मानिने ठाउँमा यूवाहरु रहेका छन् । फलेवास नगरको विकास काँग्रेसले वाहेक अरु पार्टिले गर्नै नसक्ने ठहर गर्दै प्रवेश गरेको नवप्रवेशीहरुले जनाएका छन् ।
विशाल जनसभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले स्थानीय सरकारलाई वलियो बनाउन काँग्रेसको विजय आवश्यक रहेको वताउनुभयो । उहाँले सिँह दरवारका अधिकार अव गाउँका जनताले घरदैलोमै पाउन लागेको र जनतालाई अझै अधिकार सम्पन्न गराउन काँग्रेसको विकल्प नरहेको दावी गर्नुभयो ।
देशमा संघीयता ल्याउन, संविधान निर्माण गर्न, देशमा शान्ति र स्थायित्व कायम गर्न काँग्रेसले नेतृत्व गर्दै आएको वताउँदै नेता जोशीले अव संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि तर्फ लाग्न पनि काँग्रेसलाई जिम्मा दिन आम मतदाताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य प्रदीप पौडेलले एमालेले रचेको नक्कली राष्ट्रवाद जनताले पत्याउन नसक्ने वताउनुभयो । उहाँले पहाड, तराई र हिमालका नागरिकहरुलाई एउटै नजरले हेर्नुपर्ने वताउनुभयो ।
एमालेले झुठा र अमूर्त नारा लगाएर सत्ता हत्याउने दुष्चेष्टा गरेको पौडेलले आरोप लगाउनुभयो । देशलाई माया गर्ने सवै नेपाली काँग्रेसको चारतारे झण्डामुनी गोेलवन्द हुनुपर्ने उहाँको भनार्ई थियो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टि सभापति खिमप्रसाद भुसालले पर्वतका सर्व स्थानीय तहमा काँग्रेसको वहुमत आउने वताउनुभयो । उक्त सभामा वोल्दै फलेवास नगरको मेयरका उम्मेदवार गंगाधर तिवारीले कार्किनेटामा आज भएको सभाको उपस्थितीले काँग्रेसले दुई तिहाई मत ल्याएर विजयी हुने निश्चित भएको वताउनुभयो ।
फलेवास नगरलाई नमूना नगर वनाउन, दलित, महिला,जनजाती, यूवा, एवं सैब वर्गका व्याक्तिहरुको जीवनस्तर उकास्न काँग्रेसको विजयी हुनु आवश्यक रहेको तिवारीको भनाई छ । उपमेयर पदका उम्मेदवार रेखा गुरुङले फलेवास नगरमा काँग्रेसले विजयी गर्ने सुनिश्चित भएको दावी गर्नुभयो , फलेवास नगरका नागरिकहरु समेत रहेको र रुखमै भोट हाल्ने वताउनुभयो ।
उक्त सभामा नेपाली काँग्रेस पर्वतका पूर्व पार्टि सभापति नवराज गुरुङ, महासमिति सदस्य राधाकुमारी क्षेत्री, पूर्व महासमिति सदस्य गंगाराज शर्मा, महाधिबेशन प्रतनिधी राजेन्द्र तिवारी, नेविसंघका केन्द्रिय सदस्य शैलेन्द्र गौँडेल, काँग्रेस नेता ढकप्रसाद तिवारी, कृष्ण गौँडेल, नेविसंघका जिल्ला अध्यक्ष मिलन सुबेदी,थापाठानाका सभापति थमानसिँह थापा, शंकरपोखरीका सभापति एवं फनपा ३ का वडाअध्यक्षका उम्मेदवार अर्जुनवहादुर केसी, कार्किनेटाका वडाअध्यक्षका उम्मेदवार एकनारायण पौडेलले पनि वोल्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन काँग्रेस नेता धनवहादुर थापाले गर्नुभएको थियो । उक्त सभामा फलेवास नगरका सबै वडाका हजारौँ कार्यकर्ताहरु आईरिएर आएका थिए । रोशन तिवारीको सहयोगमा