२१ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गेष्टहाउसमा २८ बर्षीय युवती मृत भेटिईन

२४ बैशाख २०७४, आईतवार १४:३९

बैशाख २४, काठमाडौँ । कोटेश्वर आकासेपुलस्थित होटल होम गेष्टहाउस एण्ड रेस्टुराँको तेस्रो तलाको कोठामा आज एक युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । 

महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले मृतक काभ्रे महाँकालचौर–८ घर भएकी २८ वर्षीया लक्ष्मी तामाङ भएको जानकारी दिनुभयो । 

मृतक तामाङ र वतन नखुलेका विष्णु सापकोटा नाम गरेका व्यक्ति शनिबार आफूहरु श्रीमान् श्रीमती भनी होटलमा बसेकामा आइतबार सापकोटा विमानस्थल गएर साथी लिएर आउँछु भनी गएका थिए । 

सापकोटा फर्किएर नआएपछि उक्त गेष्ट हाउसमा काम गर्ने व्यक्तिले कोठामा गई हेर्दा कोठाको बाहिर पट्टीबाट चुकुल लगाएको र कोठाभित्र तामाङलाई घोप्टो अवस्थामा मृत फेला पारेका थिए । 

निरीक्षक पाण्डेले भन्नुभयो, “सो व्यक्तिले एयरपोर्टबाट केही छिनमा फर्कने भन्दै थप पाँच जनालाई खाना बनाउनु भनी भागेर गएका रहेछन्, उनको खोजी कार्य जारी छ । मृतक तामाङको घाँटीमा डाम देखिएकाले उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रुकुम पूर्वबाट आउँदै गरेकाे बस बागलुङमा दुर्घटना, २१ जनाको घाइते अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पौडेलले दिए बधाई आयोजनाहरुको कार्यान्वयनमा तदारुकताका साथ लाग्न अर्थमन्त्रीको निर्देशन दसैंमा रिलिज भएका ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ ले कस्तो व्यवसाय गरिरहेका छन्? इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त तीन महिनादेखि तलब नपाएको भन्दै बंगलादेशी महिला टोलीका कोचले दिए राजीनामा ट्रम्पको सम्बोधन : यो अमेरिकी जनताको सानदार जित हो औपचारिक रुपमा राष्ट्रपति घोषित नहुँदै मोदीले दिए ट्रम्पलाई बधाई धादिङमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते रास्वपाको प्रदर्शन आज पनि जारी रहने जितनजिक पुग्दा तेस्रो ‘स्विङ स्टेट’मा पनि ट्रम्पको कब्जा ! अमेरिकी चुनाव: दुई स्विङ स्टेटमा ट्रम्पको जित, पाँचमा अग्रता कायमै बिना जानकारी जापान भ्रमणमा गएका कोशीका आन्तरिक मामिलामन्त्रीले बुझाए राजीनामा अमेरिकी राष्ट्रपति निर्वाचन : ७ ‘स्वीङ स्टेट’ मध्ये नर्थ क्यारोलाइनामा ट्रम्पले बाजी मारे, बाँकी ६ राज्यमा के छ अवस्था ? प्रचण्ड र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ? इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ सुदूरपश्चिमका जनता अहिले शेरबहादुर देउवाको नामसमेत सुन्न तयार छैनन् : सिंह काभ्रेमा आफ्नै छोराद्वारा लोहोरो प्रहार गरी आमाको हत्या