पर्वत ।  वैशाख २५ गते । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रकोे तर्फबाट नगर तथा गाउँपालिकाका प्रमुखका उम्मेदवारले निर्वाचनमा विजयी भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  वैशाख २५ गते । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रकोे तर्फबाट नगर तथा गाउँपालिकाका प्रमुखका उम्मेदवारले निर्वाचनमा विजयी भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन् ।

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सरकारी सुविधा नलिने माओवादी केन्द्र पर्वतका उम्मेदवारको प्रतिबद्धता

२०७४, २५ बैशाख सोमबार ०६:३५

पर्वत ।  वैशाख २५ गते । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रकोे तर्फबाट नगर तथा गाउँपालिकाका प्रमुखका उम्मेदवारले निर्वाचनमा विजयी भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन् ।

कुश्मा नगरपालिकामा माओवादी केन्द्रबाट प्रमुखका प्रत्यासी शंकर गिरी,  फलेवास नगरपालिकाका प्रमुखका उम्मेदवारी मोती प्रसाद शर्मा, मोदी गाउँपालिकाका प्रमुख उम्मेदवार मनबहादुर पौडेल, विहादी गाउँपालिकाका प्रमुख उम्मेदवार कृष्णप्रसाद शर्मा, जलजला गाउँपालिकाका प्रमुख मनबहादुर कार्की, महाशिला रुपनारायण अधिकारी र पैयूँ गाउँपालिकाका प्रमुख पदका उम्मेदवार पुण्यप्रसाद आचार्यले यस्तो उद्घोष गरेका हुन् ।

कुश्मा नगरपालिकाका मेयरका उम्मेदवार रहेको गिरीले वडा कार्यालयसम्म सडक कालोपत्रे, धार्मिक पर्यटकीय गन्तव्यको विकास, व्यवस्थित बजार र सरसफाइलाई मुख्य एजेन्डा बनाएका छन् । उनले एक घर एक रोजगार , सुकुम्बासी विहिन नगर , अनिवार्य स्वास्थ्य विमा, खेलकुद मौदान निर्माण ,भ्यू टावर, रिङरोड, हरेक घर स्वच्छ पिउने पानी,  कोल्ड स्टोर , हरेक वडामा सार्वजानिक खानेपानी तथा शौचालय , कृषि अनुदान , कालीगण्डकीमा ¥याफ्टीङ, प्याराग्लाइडिङ, मोटरेवल पुल कुश्मा ज्ञादी कुश्मा बलेवा,  प्रत्येक वडा १५ शैयाको अस्पाताल निर्माण “यी सबै गर्नका लागि मेयरमा उठेको हुँ, सरकारी सुविधा प्रयोग गर्नलाई होइन” उनले भने । कुश्मा नगरपालिकामा काँग्रेसको तर्फबाट रामचन्द्र जोशी र एमालेको तर्फबाट मेघनाथ सुवेदी मेयरका उम्मेदवार रहेका छन् ।

यस्तै, मोदी गाउँपालिकाको अध्यक्षका उम्मेदवार मनबहादुर पौडेले भने “प्रमुख पदका लागि कस्तो र कति सरकारी सुविधा निर्धारण गरेको छ, मलाई थाहा छैन । तर, जे–जति पाउँछु त्यो सबै गाउँपालिकाको विकासको लागि खर्चर्ने छु । मोदी  गाउँपालिकामा काँग्रेसको तर्फबाट विश्वप्रकाश प्रसाई र एमालेको तर्फबाट प्रेम पौडेल उठेका छन् ।

त्यसैगरी जलजला गाउँपालिकाको अध्यक्षमा माओवादी केँन्द्रका प्रत्यासी मनबहादुर कार्कीले े पनि मतदातामाझ प्रमुखमा जिताए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले जलजला गाउँपालिकामा रहेको गाउँपालिकाको केन्द्रको विवादलाई प्रथामिकतामा राख्ने र जनताको माग अनुसार काम गर्ने बताएका छन् । काँग्रेसको तर्फदेखि यामबहादुर मल्ल रामकृष्ण उम्मेदवार रहेका छन् ।

त्यस्तै विहादी गाउँपालिकाका अध्यक्षका उम्मेदवार कृष्णप्रसाद शर्मा पराजुलीले जनताको मागलाई आफूले सम्बोधन गर्ने बताएका छन् । विहादी गाउँपालिकाको विकास र आर्थिक निकासको लागि आफूले काम गर्ने बताए । उनले विहादी गाउँपालिकालाई समृद्ध बनाउने योजना र भिजन आफू बाहेक अरुसँग नभएको समेत दाबी गरे । विहादी गाउँपालिकाको आवश्यकता के हो र कसरी विकास गर्दा यहाँका जनतालाई राज्यको अनुभूति हुन्छ भन्ने कुरामा आफूले गम्भीरताका साथ सोचको बताए ।

दुइ नगरपालिका र पाँच गाउँपालिका सहित ७ वटा स्थानीय तह रहेका पर्वतमा माओवादी केन्द्रका उम्मेदवारले कुनै पनि तह तथा वडामा विजय हासिल गरे सरकारबाट प्राप्त हुने सेवा सुविधा जनताको हक र हितका खर्चने बताएका छन् । उनीहरुले महिला, दलित, आदिबासी, जनजाति, अल्पसंख्यक, गरिब,जेष्ठ तथा एकल महिला, घाइते तथा बेपत्ता परिवाहरुको लागि खर्च गर्ने उद्घोष गरेका छन् ।

माओवादी केन्द्रले जिल्लामा चुनाव प्रचारप्रसारलाई निकै तिब्रताका साथ अगाडि बढाएको छ । गाउँगाउँमा आफ्ना कार्यकर्ता र उम्मेदवार सहितको टोली घरदैलो कार्यक्रममा लागि परेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ