५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङमा भरुवा बन्दुक बनाउँदै गर्दा दुई पक्राउ

२५ बैशाख २०७४, सोमबार १३:०७

बैशाख २५, लमजुङ । भरुवा बन्दुक बनाउने दुई जनालाई लमजुङ बँेसीसहर–९, बिम्दाबाट आज प्रहरीले पक्राउ गरेको छ । 

पक्राउपर्नेमा बेँसीसहरका २८ वर्षीय मनोज विक र २५ वर्षीय प्रदीप विक छन् । मध्यरातको समयमा भरुवा बन्दुक बनाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो । 

निर्वाचन केन्द्रित सुरक्षा योजनाअनुसार गस्तीमा गएको प्रहरी टोलीले उनीहरुको साथबाट एउटा तयारी भरुवा बन्दुक र अर्को बनाउँदै गरेको भरुवा बन्दुक बरामद गरेको उहाँले बताउनुभयो । उनीहरुसँग तयारी बन्दुकको अनुमतिपत्र नभएको र कानुन विपरीत हतियार बनाइरहेको भेटिएकाले दुवै जनालाई हात हतियार खरखजनाअन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक खरेलले जानकारी दिनुभयो । 

स्थानीय चुनाव लक्षित गर्दै यसअघि जिल्ला सुरक्षा समितिले इजाजत भएका हतियार प्रशासनमा बुझाउन आग्रह गरेको थियो । प्रशासनले दिएको समयसीमा भित्र जिल्लामा ६३ जनाले हतियार बुझाएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता