बैशाख २६, म्याग्दी । म्याग्दीका तीन ठूला दलका उम्मेदवारले आफूले चुनाव जितेमा बेनी नगरपालिकालाई देशकै ‘नमुना नगरपालिका’ बनाउने महत्वकांक्षी प्रतिबद्धता व्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २६, म्याग्दी । म्याग्दीका तीन ठूला दलका उम्मेदवारले आफूले चुनाव जितेमा बेनी नगरपालिकालाई देशकै ‘नमुना नगरपालिका’ बनाउने महत्वकांक्षी प्रतिबद्धता व्यक्"/>

2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनीलाई देशकै नमुना बनाउने प्रतिबद्धता


बैशाख २६, म्याग्दी । म्याग्दीका तीन ठूला दलका उम्मेदवारले आफूले चुनाव जितेमा बेनी नगरपालिकालाई देशकै ‘नमुना नगरपालिका’ बनाउने महत्वकांक्षी प्रतिबद्धता व्यक्त गरेका छन् । 

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा मतदातालाई आकर्षित गरी आफ्नो पक्षमा भोट माग्नका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले यस्तो प्रतिबद्धता गरेका हुन् । 

नेपाली काँग्रेसले बेनी नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउनका लागि नगरपालिकाका हरेक वडामा उद्योगको स्थापना गरी रोजगारी उपलब्ध गराउने महत्वाकांक्षी योजना प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । 

त्यसैगरी, एमालेले बेनी नगरपालिकाका विभिन्न ठाउँमा सिटी सेन्टरको स्थापना गर्नुका साथै गोठगोठमा नै पुगेर बिरामी पशुको स्वास्थ्योपचार गर्नेसम्मको प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी, माओवादी केन्द्रले उज्यालो म्याग्दी र सुपरजोनसम्मको प्रतिबद्धता व्यक्त गरेको छ । 

कुल ७६ दशमलव ५७ वर्ग किलोमिटर क्षेत्रफलमा समेटिएको, ३३ हजार ४९८ जनसङ्ख्या र १८ हजार ३४५ मतदाता रहेको बेनी नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउन सकिने पर्याप्त सम्भावना रहेका एमालेको तर्फबाट बेनी नगरपालिकाको प्रमुखका उम्मेदवार प्रमोद श्रेष्ठले बताउनुभयो । 

युवा पलायन र दक्ष जनशक्ति मुख्य चुनौती रहेको म्याग्दी जिल्ला र जिल्लाको केन्द्र मानिएको बेनी नगरपालिकामा अधिकांश ग्रामीणबस्ती समेटिएका छन् । 

अझसम्म पनि शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका आधारभूत सुविधासमेत उपभोग गर्न नपाएका जनताले दलहरुका महत्वकांक्षी प्रतिबद्धतालाई ‘चुनाव जित्नका लागि काउले बोली’ भनेर अविश्वास जनाउने गरेका छन् । 

मतदाताले दल र उम्मेदवारलाई नारा र महत्वाकांक्षी प्रतिबद्धता होइन सुशासन र जनतालाई सुविधा पुग्ने खालका पत्यारलाग्दा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गदै चुनाव जितेपछि आफूले गरेका प्रतिबद्धता नभुल्नसमेत आग्रह गरेका छन् । 

उन्नाइस वर्षपछि यही वैशाख ३१ गते सङ्घीय संरचनाअनुसार हुन लागेको स्थानीय तहको पहिलो निर्वाचनमा मतदान गर्नका लागि व्यग्र प्रतिक्षा गरिरहेका मतदाताले निर्वाचनपछि, विकासभन्दा पहिले सुशासन र जनप्रतिनिधि भएको महसुस हुनेगरी काम गर्ने उम्मेदवारलाई जिताउनु पर्ने प्रतिक्रिया दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई