2026-06-28 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

बाबुको प्रतिद्वन्द्वीलाई चुनौती दिँदै छोरा

2017-05-09

गोकर्णप्रसाद भण्डारी/बैशाख २६, दोलखा । दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर १ मा चुनावको रोचक पक्ष देख्न सकिन्छ । 

युवा जोस जाँगरका साथ समाजको विकासका लागि आमूल परिवर्तनको पक्षमा टेकेर यतिबेला महेश्वर काफ्ले वडा अध्यक्षको पदमा चुनावी मैदानमा छन् । तिनै काफ्लेको प्रतिद्वन्द्वीका रुपमा छन् पुराना बुबा पुस्ताका नेता ज्ञानेन्द्र केसी । 

ज्ञानेन्द्र केसी भिरकोटका पूर्व गाविस अध्यक्ष हुन् अहिले भिरकोट गाविस तामाकोसी गाउँपालिका–१ मा परिवर्तन भएको छ । काफ्ले र केसीको राजनीतिक लडाइँ बाजे पुस्ता– जहाँकी महेश्वरका बुबा पृथ्वीबहादुर काफ्लेसँग केसीका बुबा रणबहादुर केसी देखिकै हो । 

विसं २०४५ तिर पृथ्वीबहादुर काफ्लेले प्रधानपञ्चका रुपमा आफूलाई उभ्याउँदा, तिनै ज्ञानेन्द्रका बुबा रणबहादुरले हारेको र पृथ्वीले जितेका थिए । भिरकोटका स्थानीयवासी कुमार भुजेलका अनुसार २०४९ सालमा पुनः स्थानीय निकायको निर्वाचन भयो, जसमा फेरि पृथ्वीबहादुर काफ्लेले नै गाविस अध्यक्ष जिते । 

त्यतिबेला पनि ज्ञानेन्द्रको टिमले नै पराजय ब्यहो¥यो । फेरि अर्काे कार्यकाल २०५४ सालमा स्थानीय निकायको निर्वाचन भयो तिनै दुई, पृथ्वी र ज्ञानेन्द्र गाविस अध्यक्षका उम्मेदवार भए । पृथ्वीले थोरै मतका बीच पराजय ब्यहोरे, ज्ञानेन्द्र अध्यक्ष पदमा विजयी भए । 

आगामी वैशाख ३१ गते हुन गइरहेको निर्वाचनमा पनि त्यही परिवारको लडाइँ चलिरहेको छ भिरकोटमा । पृथ्वीका माइला छोराका रुपमा जो २०४५ सालमा जन्मेका महेश्वर काफ्ले र बुबाको प्रतिस्पर्धीका रुपमा रहेका ज्ञानेन्द्र केसीबीच यो वडामा व्यापक मात्रामा चुनावी प्रतिस्पर्धा चलिरहेको छ । 

नेपाली काँग्रेसका काफ्लेलाई नेकपा (माओवादी केन्द्र)को समेत समर्थन रहेको छ भने केसी एमालेबाट उम्मेदवार छन् । उनीहरु भन्छन्, जित सुनिश्चित भइसक्यो । उनीहरु दुवै जित सुनिश्चित भएको दाबी गर्छन् । तर काफ्लेलाई सो वडाका युवा पुस्ताको व्यापक समर्थन रहेको देखिन्छ भने केसीलाई बुढ्यौली तहका पुस्ताले सहयोग गर्ने देखिन्छ । काफ्ले युवा पुस्ताका लोकप्रिय उम्मेदवार हुन् । 

काफ्लेका नाममा प्रचारका लागि दुईवटा गीतसमेत रेकर्ड भएको छ । गायिका मनु थामी र हिमाल केसीले काफ्लेको पक्षमा चुनावी गीत रेकर्ड गरेका छन् । यता केसी पनि आफ्नो पक्षमा मतदान गर्न घरदैला अभियान चलाइरहेका छन् । 

काफ्ले र केसीलाई अहिले माझीबस्ती, र केही दलित समुदायको भावना समेट्न निकै कठिनाइ भइरहेको छ । उनीहरुको पक्षको मत पार्न काफ्ले सहजैरुपमा गाउँ प्रवेश गरिरहेका छन् भने केसीलाई हम्मेहम्मे भएको माझी समुदाय बताउँछन् । करिब २० वर्षपछि हुन लागिरहेको यस स्थानीय तहको निर्वाचनमा पृथ्वीबहादुर काफ्ले भने हुनुहुन्न, उहाँको २०५८ सालमा नै मृत्यु भइसकेको छ । 

दुबैले चुनावमा नारा भने विकास कै लगाइरहेका छन् । काफ्ले भन्छन्, आफूले चुनाव जिते भूकम्पपीडित र गरिब विपन्न समुदायले सुख पाउनेछन् । उनी भन्छन्, यो राजनीतिक लडाइँ मात्रै होइन, समाजमा युवापुस्ता कसरी स्थापित गर्ने भन्ने पनि चिन्ता हो मलाई । 

युवा र बृद्घ पुस्ताको यस चुनावी लडाँईमा काफ्ले पढाइका हिसाबले केसीभन्दा माथि छन् भने केसी पुराना र अनुभवी मानिन्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी