वैशाख २६, काठमाडौँ । भूकम्पपीडित जनताले मोबाइल एप्समार्फत नै भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी पाउने भएका छन् ।

भूकम्पपछि नेपालमा काम गरिरहेको अन्तर्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २६, काठमाडौँ । भूकम्पपीडित जनताले मोबाइल एप्समार्फत नै भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी पाउने भएका छन् ।

भूकम्पपछि नेपालमा काम गरिरहेको अन्तर्रा"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी दिन मोबाइल एप्स

२६ बैशाख २०७४, मंगलवार १२:४९

वैशाख २६, काठमाडौँ । भूकम्पपीडित जनताले मोबाइल एप्समार्फत नै भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी पाउने भएका छन् ।

भूकम्पपछि नेपालमा काम गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बिल्ड चेन्ज नेपालद्वारा निर्माण गरिएको मोबाइल एप्समा पुनर्निर्माण प्राधिकरणले गरिरहेको काम, अडियो, भिडियो, भूकम्प प्रतिरोधी भवन निर्माणबारे सूचना, नयाँ निर्माण गरिने भवनको नक्सा, पुनर्निर्माणका लागि सरकारी मान्यताप्राप्त सिकर्मी, डकर्मीलगायतको तथ्याङ्क समावेश गरिएको छ ।

यस्तै एप्समा सरकारी अनुदान प्राप्त गर्न पालना गर्नुपर्ने नियम, प्राविधिक सल्लाह, गुणस्तरीय सामान, निर्माण शैली, निर्माणस्थलको सुरक्षा तथा सम्पर्क विवरणजस्ता कुरालाई समेटिएको छ ।

सो मोबाइल एप्सको आज सार्वजनिक गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले भूकम्पपछिको पुनर्निर्माणमा सोचेजस्तो प्रगति हासिल गर्न नसकिएको बताए। उनले भने, “दक्ष जनशक्ति देशमा हुन नसक्दा भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएको छ ।”

प्रमुख कार्यकारी अधिकृत प्राडा पोखरेलले स्थानीय तहको निर्वाचन भएपछि प्राधिकरणलाई भूकम्प पुनर्निर्माण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बिल्ड चेन्ज नेपालका देशीय निर्देशक नोल तूफानीले नेपालको दुःखमा साथ दिन पाएकोमा खुसी व्यक्त गरे। उनले भूकम्पको पुनर्निर्माणमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता