बैशाख २६, पर्वत । कुश्मा नगरपालिकाको मेयर पदका उम्मेदवारहरु विच तीव्र प्रतिस्पर्धा देखिदै गएको छ । 

नेपाली कांग्रेसका मेयरका उम्मेदवार रामचन्द्र जोशी,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २६, पर्वत । कुश्मा नगरपालिकाको मेयर पदका उम्मेदवारहरु विच तीव्र प्रतिस्पर्धा देखिदै गएको छ । 

नेपाली कांग्रेसका मेयरका उम्मेदवार रामचन्द्र जोशी,"/>

2026-09-19 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मा नगरपालिकाको मेयर उम्मेदवारविच तीव्र प्रतिस्पर्धा

बैशाख २६, पर्वत । कुश्मा नगरपालिकाको मेयर पदका उम्मेदवारहरु विच तीव्र प्रतिस्पर्धा देखिदै गएको छ । 

नेपाली कांग्रेसका मेयरका उम्मेदवार रामचन्द्र जोशी, नेकपा एमालेका मेघनाथ सुवेदी र नेकपा माओवादी केन्द्रका उम्मेदवार शंकर गिरीका विच तीव्र प्रतिस्पर्धा छ । 

 मेयरका उम्मेदवारहरुको व्यक्तित्व, शिक्षा, राजनीतिक पृष्ठभूमि, सामाजिक योगदान लगायतका विषयमा समेत आम कार्यकर्ता र सर्वसाधारण मतदाता माझ चर्चा परिचर्चा बढेको छ । यसैविच सामाजिक संस्था जेसिज पर्वतले कुश्मा नगरपालिकाका मेयर उम्मेदवारहरुलाई सार्वजनिक ककस कार्यक्रममा उभ्याएर आफ्नो विकास अवधारणा र योजनाबारे बोल्न लगाएको थियो । 

कुश्माको लोकतान्त्रिक चोकमा आयोजित ककस कार्यक्रममा मेयरका उम्मेदवारहरुले आफ्नो भनाई राखेका थिए । 

सो कार्यक्रममा आफ्नो योजना र अवधारणालाई प्रष्ट र यथार्थ रुपमा राख्न सक्नेमा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार शंकर गिरी र नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार सुनील पौडेल थिए । मेयरका उम्मेदवार गिरीले राजनीतिक एजेण्डा र विचारका हिसावले आफ्नो जीत भईसकेको बताउँदै अव जनताको मत पाएर प्राविधिक जीत हासिल गर्न मात्र बाँकी रहेको भनाई राखे । 

त्यसैगरी गिरीले कुश्मा नगरपालिकालाई स्मार्ट सिटीको अवधारणा अनुरुप विकास गर्दै जाने र यसका लागि मोटरेबल पुलले ज्ञादि र बाग्लुङलाई कुश्मासंग जोड्नु पर्ने बताए । 

नगरपालिका भित्रका जनताको स्वास्थ्य विमा मार्फत् स्वास्थ्य सेवाको ग्यारेण्टी, छिमेकी जिल्ला बाग्लुङ, म्याग्दीलाई समेत योजनागत ढंगले जोडेर पर्यटन क्षेत्रको विकास गरिनु पर्नेमा मेयर उम्मेदवार गिरीले बताए । 

म्लुकमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षा जस्ता परिवर्तनको मुद्धाहरु आएको उल्लेख गर्दै उनले यसलाई संस्थागत गर्न पनि सवै राजनीतिक दलका नेता र कार्यकर्ता विच सकारात्मक राजनीतिक संस्कारको विकास हुनु पर्नेमा जोड दिए । आफूले मेयरको पदमा जिते पनि हारे पनि जनताको मतको सम्मान गर्न जनताको सेवामा लागिरहने उनको अठोट थियो । समृद्ध र भ्रष्टचारमुक्त कुश्मानगरपालिका निर्माणका लागि आफूसँग ठोस योजना भएको गिरीको दावी छ ।

जेसिजद्धारा आयोजित ककस कार्यक्रममा वजनदार र प्रभावशाली भाषण दिएपछि मेयरका उम्मेदावर युवा व्यक्तित्व गिरीको राजनीतिक लोकप्रियता चुलिएर गएको छ । युवा जोश र जाँगरले भरिएका शिक्षित युवा व्यक्तित्व गिरीलाई कुश्मा नगरपालिका वडाहरुबाट सर्वसाधारणको साथ र हौसला मिलेको छ । नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार गिरीले गाउँले जनताको न्यानो माया पाएको र अमूल्य मत पनि आफूलाई प्राप्त हुने दावी गरे । 

पोखराको चर्चित पिएन क्याम्पसबाट विद्यार्थीहरुको हकहितको पक्षमा आवाज उठाउदा उठाउदै सक्रिय राजनीतिमा होमिन पुगेका गिरी विदयार्थी संगठनको सचिव भएका थिए । विसं २०६५ मा कास्कीबाट तत्कालीन माओवादी पार्टीको जिल्ला कार्यसमिति सदस्य भएका गिरी क्रान्तिकारी विद्यार्थी संगठन पर्वतको अध्यक्ष भइसकेका छन् । 

उनी कुश्मा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट संयोजक समेत रहे । मेयरका उम्मेदवार गिरीको सक्रियता र माओवादी केन्द्रको जिल्ला नेतृत्वको पहलमा यसपाली मात्र ४ अर्व रुपैया भन्दा बढी रकम पर्वत भित्रिएको छ । व्यवस्थापन विषयमा स्नातक गिरी कलाकारिता र साहित्यिक क्षेत्रबाट समेत जिल्लामा परिचित छन् । 

मेयरका उम्मदेवार गिरीको जुझारु र इमान्दार व्यक्तित्वको प्रभाव चुनावी मतदानमा समेत पर्ने कुरालाई प्रतिस्पर्धी राजनीतिक दलका नेतृत्वले समेत स्वीकार गरेको पाइन्छ । मेयरको उम्मेदवारी दर्ताको समयसम्म समेत खासै चर्चा बटुल्न नसकेको नेकपा माओवादी केन्द्रको चर्चा र प्रभाव नगरपालिकामा एकाएक बढेको छ । उम्मेदवार गिरीले कुनपाका वडामा गर्नुपर्ने घरदैलो कार्यक्रम र कार्यकर्ता भेटघाट अव केही मात्र रहेको बताए । 

घरदैलोको कार्यक्रम अन्तर्गत मंगलवार कुनपा ९ कटुवाचौपारीमा माओवादी केन्द्रले भव्य चुनावी कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा करीव एक हजार जना कार्यकर्ता र सर्वसाधारणको सहभागीता थियो । कुनपा १२ ठुलीपोखरी र ९ कटुवाचौपारी माओवादी केन्द्रको जीत सुनिश्चित भएको दावी छ । बाँकी वडामा त्रिपक्षीय कडा प्रतिस्पधा आंकलन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो