बैशाख २७, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारका क्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २७, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारका क्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दि"/>
2026-07-24 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘देशलाई आतङ्कको राज र छाँयामा लान खोजिँदैछ’

बैशाख २७, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारका क्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाउनुभएको छ । 

स्थानीय तहको निर्वाचनका लागि पार्टी तयार गरेको विभिन्न श्रव्यदृष्य सामग्रीलाई आज यहाँ लोकार्पण गर्दै अध्यक्ष ओलीले कानुनी राज्य पालना गर्न सरकार गम्भीर नहुनुले यस्ता कामले स्वच्छ र धाँधलीरहित निर्वाचन हुनेमा आशङ्का पैदा भएको बताउनुभयो । 

निर्वाचन आयोगलाई निरीह नभई कानुनसम्मत रुपमा प्रस्तुत हुन पनि अध्यक्ष ओलीले आग्रह गर्नुभयो । 

“देशलाई आतङ्कको राज र छाँयामा लान खोजिँदैछ । हिंसा, धाँधली, अनियमितता र बेथितिका काम भइरहेको छ” अध्यक्ष ओलीले भन्नुभयो, “हामी शान्ति र लोकतन्त्रका बाटोबाट अघि बढ्न चाहन्छौँ, यसलाई कमजोरी नठानियोस् ।” 

उहाँले कुनै पनि झुट र असत्य सामग्रीलाई एमालेले प्रचार गरिरहनु नपर्ने बताउँदै आफूहरुले रेलको कुरा गर्दा खेलौना रेल ल्याएर तमासा देखाएको तर अहिले सबै पार्टीका घोषणापत्र र भाषणमा त्यही रेललाई अपरिहार्य आवश्यकता मानिएको उल्लेख गर्दै देशको एकता र समृद्धिका लागि एमाले आवश्यक छ भन्नुभयो । 

अध्यक्ष ओलीले घुँडा टेकेर होइन पैतालाले टेक्ने नेपाली स्वाभिमानको इतिहासलाई कायम राख्न पार्टी सक्षम भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक