५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारलाई जनताले खुवाए माटोको कसम

२७ बैशाख २०७४, बुधबार १०:५२

बैशाख २७, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीले नगर निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका राजनीतिक दलका नेतालाई भ्रष्टाचार नगरी विकास निर्माणमा लाग्न माटोको कसम खुवाएका छन् । 

काठमाडौँ रोबस्ट क्लबले आज भद्रवासमा आयोजना गरेको उम्मेदवारसँग परिचयात्मक एवम् अन्तक्र्रिया कार्यक्रममा स्थानीयवासीले दलका नेताहरु चुनावमा मत माग्न आउँदा सबै काम गर्छौं भनी वाचा गर्ने तर जितिसकेपछि प्रतिबद्धता बिर्सिएर व्यक्तिगत स्वार्थपूर्तिमा लाग्ने गरेको गुनासो गरेका थिए । 

स्थानीय श्रीराम सापकोटाले दलका नेताहरुले भ्रष्टाचार र कुशासन रोक्न नसक्दा स्थानीय तहसम्म संस्थागत बनेको बताउनुभयो । नेताको प्रभावका कारण सामुदायिक विद्यालयका शिक्षकहरुले जागिर खान विद्यालय जाने तर आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने गर्दा सामुदायिक विद्यालयको गुणस्तर खस्किएकोमा स्थानीयवासीले नेताहरुको आलोचना गरेका थिए । 

शिक्षक राजनीतिक दलमा क्रियाशील भएकैले जे गरे पनि कारबाही नहुने गर्दा भद्रवासको आदर्श उच्च माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको स्थानीय ताराशरण कालिकाले बताउनुभयो । विद्यालय एउटा दलको पार्टी कार्यालय बनेको उहाँको भनाइ थियो । 

सो अवसरमा नेकपा (माओवादी केन्द्र) का कागेश्वरी मनोहरा नगरपालिका प्रमुखका उम्मेदवार महेश्वर फुयाँल, राष्ट्रिय जनमोर्चाका नगर प्रमुख उम्मेदवार राजेन्द्र पुडासैनी, नेपाली काँग्रेसबाट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार हरिशरण ढकाल, नेकपा (एमाले)का ३ नम्बर वडा अध्यक्षका उम्मेदवार राममणि पुडासैनी, जनमोर्चाका ४ नम्बर वडा अध्यक्षका उम्मेदवार सङ्गम नगरकोटीलगायतले माटो हातमा लिएर जन भावना विपरीतका काम नगर्ने र विकास निर्माणका काममा ध्यान दिने कसम खानुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता