पर्वत । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी प्रचारप्रसारलाई तिब्रता दिन थालेका छन् । चुनाव सम्पन्न हुनको लागि  चार दिन मात्रै बाँकी रहेको अबस्थामा जिल्लामा राजनीतिक दलहरुको चुनावी प्रचारप्रस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी प्रचारप्रसारलाई तिब्रता दिन थालेका छन् । चुनाव सम्पन्न हुनको लागि  चार दिन मात्रै बाँकी रहेको अबस्थामा जिल्लामा राजनीतिक दलहरुको चुनावी प्रचारप्रस"/>
४ पुष २०८२, शुक्रबार
पर्बत - PBT

शिवालयमा नमुना मतदान केन्द्र स्थापना

२७ बैशाख २०७४, बुधबार १२:०३

पर्वत । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी प्रचारप्रसारलाई तिब्रता दिन थालेका छन् । चुनाव सम्पन्न हुनको लागि  चार दिन मात्रै बाँकी रहेको अबस्थामा जिल्लामा राजनीतिक दलहरुको चुनावी प्रचारप्रसार निकै तिब्रताका साथ अगाडि सारिएको छ ।

चुनावलाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउनको लागि मतदान अधिकृत तथा त्यसका लागि खटिएका कर्मचारीहरु आआफ्नो मतदान केन्द्रमा पुगेका छन् ।

७४ वटा मतदानस्थल र १३४ मतदान केन्द्र रहेको पर्वतमा कर्मचारी सवै बुधबार पुग्ने र विहिबार मतदान परिचय पत्र वितरण गर्ने कार्यादेश छ । सोही अनुसार कर्मचारीहरु खटिएका छन् । पर्वतमा कुश्मा नगरपालिकाको शिवालय चोकमा रहेको शिवालय माविमा नमूना  मतदान केन्द्रको स्थापना गरिने भएको छ । 

महिलाहरुकै  नेतृत्वमा नमूना मतदान केन्द्र स्थापना गर्न लागिएको हो । १३४ वटा मतदानकेन्द्र मध्ये उक्त मतदान केन्द्रलाई नमूना मतदान केन्द्र स्थापना गर्नको लागि सोही अनुसार कर्मचारी परिचालन गरीएको छ ।

नमूना मतदान केन्द्रका रुपमा स्थापना गर्न लागिएको उक्त मतदान केन्द्रको केन्द्र प्रमुखका रुपमा अतिजा शर्मा, सहायक मतदान अधिकृत तारा सुनुवार        रहेका छन् । मतदाता ७०८ जना मतदाता रहेको उक्त मतदान केन्द्रलाई नमूना बनाउनको लागि महिलाहरुकै मात्रै मतदान केन्द्र बनाइएको हो ।

मतदान केन्द्रमा खटिएका सहायक कर्मचारीमा सावित्रि अर्याल, शारदा शर्मा, ररहेका छन् त्यस्तै सहयोगी कर्मचारीमा भगवती शर्मा, बसन्ती क्षेत्री रहेका छन् । त्यस्तै उक्त मतदान केन्द्रको सुरक्षाको जिम्मा  इन्सपेक्टर कोपिला चुडाल, असई दुनाकला आचार्यको जिम्मा दिइएको छ । मतदान अधिकृतदेखि सुरक्षामा खटिएका कर्मचारी समेत महिलानै रहेका छन् । 

पर्वतमा ९९ हजार ६ सय ७० मतदाता रहेका छन् । जसमध्ये ५२ हजार १६० पुरुष, ४७ हजार ५१० महिला र  एक हजार ६०८ अपाङ्गता भएका मतदाता          रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ