पर्वत । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी प्रचारप्रसारलाई तिब्रता दिन थालेका छन् । चुनाव सम्पन्न हुनको लागि  चार दिन मात्रै बाँकी रहेको अबस्थामा जिल्लामा राजनीतिक दलहरुको चुनावी प्रचारप्रस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी प्रचारप्रसारलाई तिब्रता दिन थालेका छन् । चुनाव सम्पन्न हुनको लागि  चार दिन मात्रै बाँकी रहेको अबस्थामा जिल्लामा राजनीतिक दलहरुको चुनावी प्रचारप्रस"/>
2026-09-19 06:41 PM
पर्बत - PBT

शिवालयमा नमुना मतदान केन्द्र स्थापना

पर्वत । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी प्रचारप्रसारलाई तिब्रता दिन थालेका छन् । चुनाव सम्पन्न हुनको लागि  चार दिन मात्रै बाँकी रहेको अबस्थामा जिल्लामा राजनीतिक दलहरुको चुनावी प्रचारप्रसार निकै तिब्रताका साथ अगाडि सारिएको छ ।

चुनावलाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउनको लागि मतदान अधिकृत तथा त्यसका लागि खटिएका कर्मचारीहरु आआफ्नो मतदान केन्द्रमा पुगेका छन् ।

७४ वटा मतदानस्थल र १३४ मतदान केन्द्र रहेको पर्वतमा कर्मचारी सवै बुधबार पुग्ने र विहिबार मतदान परिचय पत्र वितरण गर्ने कार्यादेश छ । सोही अनुसार कर्मचारीहरु खटिएका छन् । पर्वतमा कुश्मा नगरपालिकाको शिवालय चोकमा रहेको शिवालय माविमा नमूना  मतदान केन्द्रको स्थापना गरिने भएको छ । 

महिलाहरुकै  नेतृत्वमा नमूना मतदान केन्द्र स्थापना गर्न लागिएको हो । १३४ वटा मतदानकेन्द्र मध्ये उक्त मतदान केन्द्रलाई नमूना मतदान केन्द्र स्थापना गर्नको लागि सोही अनुसार कर्मचारी परिचालन गरीएको छ ।

नमूना मतदान केन्द्रका रुपमा स्थापना गर्न लागिएको उक्त मतदान केन्द्रको केन्द्र प्रमुखका रुपमा अतिजा शर्मा, सहायक मतदान अधिकृत तारा सुनुवार        रहेका छन् । मतदाता ७०८ जना मतदाता रहेको उक्त मतदान केन्द्रलाई नमूना बनाउनको लागि महिलाहरुकै मात्रै मतदान केन्द्र बनाइएको हो ।

मतदान केन्द्रमा खटिएका सहायक कर्मचारीमा सावित्रि अर्याल, शारदा शर्मा, ररहेका छन् त्यस्तै सहयोगी कर्मचारीमा भगवती शर्मा, बसन्ती क्षेत्री रहेका छन् । त्यस्तै उक्त मतदान केन्द्रको सुरक्षाको जिम्मा  इन्सपेक्टर कोपिला चुडाल, असई दुनाकला आचार्यको जिम्मा दिइएको छ । मतदान अधिकृतदेखि सुरक्षामा खटिएका कर्मचारी समेत महिलानै रहेका छन् । 

पर्वतमा ९९ हजार ६ सय ७० मतदाता रहेका छन् । जसमध्ये ५२ हजार १६० पुरुष, ४७ हजार ५१० महिला र  एक हजार ६०८ अपाङ्गता भएका मतदाता          रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो