कुश्मा नगरपालिकाको शक्ति केन्द्र मानिने वडा ६ मा त्रिपक्षीय चुनावी भिडन्त छ । नगरपालिकाका १४ वडाहरुमध्ये जनघनत्व बढी भएको र साधनस्रोतबाट सम्पन्न यो वडामा कुन पक्षको जीत हुने हो भनी भन्न सकिने अवस्था छैन । यस वडाको अध्यक्षमा नेकप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुश्मा नगरपालिकाको शक्ति केन्द्र मानिने वडा ६ मा त्रिपक्षीय चुनावी भिडन्त छ । नगरपालिकाका १४ वडाहरुमध्ये जनघनत्व बढी भएको र साधनस्रोतबाट सम्पन्न यो वडामा कुन पक्षको जीत हुने हो भनी भन्न सकिने अवस्था छैन । यस वडाको अध्यक्षमा नेकप"/>
४ पुष २०८२, शुक्रबार
पर्बत - PBT

वडा अध्यक्षका उम्मेदवार रिटायर्ड सेना भन्छन्– बाँकी जीवन समाज सेवामा

२७ बैशाख २०७४, बुधबार १२:०७

कुश्मा नगरपालिकाको शक्ति केन्द्र मानिने वडा ६ मा त्रिपक्षीय चुनावी भिडन्त छ । नगरपालिकाका १४ वडाहरुमध्ये जनघनत्व बढी भएको र साधनस्रोतबाट सम्पन्न यो वडामा कुन पक्षको जीत हुने हो भनी भन्न सकिने अवस्था छैन । यस वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट रिटायर्ड सेना राम गिरीको उम्मेदवारी छ । 

हक्की, इमान्दार र प्रष्ट वक्ताको रुपमा चिनिएका सामाजिक व्यक्तित्व गिरीको अध्यक्षको उम्मेदवारीले मतदाताहरु खुशी भएका छन् । तपाईको अध्यक्षको उम्मेदवारीमा सर्वसाधारण खुशी हुनुपर्ने कारण के छ ? भन्ने प्रश्नमा उम्मेदवार गिरी भन्छन्–‘म भारतीय सेनाबाट रिटायर्ड भएको व्यक्ति हो । मलाई सामान्य जीवन यापनका लागि पुग्ने मासिक ४० हजार पेन्सन छ । मलाई सरकारी तलव र सेवासुविधा चाहिदैन र मैले लिन्न । मैले पाउने सुविधा जनताको सेवामा लगाउछु । दोस्रो मसँग वडाको विकास कसरी लैजाने भन्ने प्रष्ट योजना र अवधारणा छ । मैले भ्रष्टचार गर्दिन र गर्न पनि दिन्न । यसपछि मसँग सामाजिक विकास कसरी गर्ने भन्नेबारेमा अनुभव छ । म आफ्नो काममा ज्यान दिएर लाग्ने व्यक्ति हो । यी कुराले गर्दा वडा ६ का सर्वसाधारण मतदाता खुशी हुनुहुन्छ ।’ 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

स्कुले जीवन पछि नै भारतीय सेनामा रोजीरोटीका लागि भर्ति भएका गिरीले आफ्नो बाँकी जीवन समाजसेवामा लगाउने ईच्छा यसरी व्यक्त गर्छन् –‘हेनुहोस्, म लडाईमा गोली थापेर पनि भाग्यले बाँचेको मान्छे हो । धेरै वर्ष विदेशी माटोमा विताए । अव भने म जन्मेको यही माटोमा केही गर्न चाहन्छु । जनताको सेवा भन्दा अरु मैले सोचेको पनि छैन ।’ 

रिटायर्ड भई आएपछि उम्मेदवार गिरीले सामाजिक क्षेत्रमा रही सेवा पनि गर्दै आएका छन् । उनी शिवालय बहुमुखि क्याम्पस व्यवस्थापन समितिका सदस्य हुन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भई समाजसेवा गर्दै आएका गिरीले सदरमुकामभित्रको प्रमुख भित्री सडकमध्येको शिवालयचोकदेखि प्रगती चोक कालोपत्रे निर्माण गर्दा उपभोक्ता समितिमा बसेर इमान्दारिताका साथ सक्रिय योगदान गरेका थिए । उनले बाटोघाटो, विदयालय निर्माण जस्ता सामाजिक कार्यमा अग्रपंक्तिमा रहि योगदान गरेका थुप्रै उदाहरण छन् । सामाजिक सेवाबाट नै स्वच्छ र इमान्दार व्यक्तिको पहिचान बनाएका अध्यक्षका उम्मेदवार गिरी बलियो प्रतिस्पर्धी मानिएका छन् ।

वडा ६ को अध्यक्ष उम्मेदवारमा नेपाली कांगे्रसका किशोर भण्डारी, नेकपा एमालेका रुद्र गिरी प्रतिस्पर्धाको लहरमा छन् । मतदाता संख्या करीव ७१० रहेको वडामा झण्डै ६०० मत खस्ने अनुमान छ । वडामा तिव्र प्रतिस्पर्धा हुँदै गर्दा २६० मत भन्दा बढी ल्याउने पक्षले बाजी मार्ने देखिन्छ । मतदाताले योग्य र सक्षम व्यक्ति वडाको अध्यक्ष हुनुपर्ने मनासय व्यक्त गरेको हुँदा आफ्नो जीत सुनिश्चित भएको उम्मेदवार गिरीको ठोकुवा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ