ताराबहादुर महत । बैशाख २७, दोलखा । दोलखा जुँगुका एमालेका कार्यकर्ता कुल  बहादुर तमाङको हत्या आरोपमा उनका बाबु गोरे तमाङले माओवादी नेता गंगा कार्की, माओवादी नेतृ तथा पूर्व राज्य मन्त्री देवी खड्का, माओवादी नेता विशाल खड्का लगाएत ३९ जनाको नाममा आज कर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख २७, दोलखा । दोलखा जुँगुका एमालेका कार्यकर्ता कुल  बहादुर तमाङको हत्या आरोपमा उनका बाबु गोरे तमाङले माओवादी नेता गंगा कार्की, माओवादी नेतृ तथा पूर्व राज्य मन्त्री देवी खड्का, माओवादी नेता विशाल खड्का लगाएत ३९ जनाको नाममा आज कर्त"/>
2026-06-28 11:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा एमाले कार्यकर्ता हत्या आरोपमा माओवादी नेतामाथि कर्तव्य ज्यान मुद्धा दर्ता

2017-05-10

ताराबहादुर महत । बैशाख २७, दोलखा । दोलखा जुँगुका एमालेका कार्यकर्ता कुल  बहादुर तमाङको हत्या आरोपमा उनका बाबु गोरे तमाङले माओवादी नेता गंगा कार्की, माओवादी नेतृ तथा पूर्व राज्य मन्त्री देवी खड्का, माओवादी नेता विशाल खड्का लगाएत ३९ जनाको नाममा आज कर्तव्य ज्यान मुद्धा दर्ता गरेका छन् ।

गएराति जुँगुको निलकण्ठेश्वर मावि नजिक एक होटलमा खाना खाई रहेको अवस्थामा माओवादी नेता देवी खड्का लगाएतको नेतृत्वमा पुगेको माओवादी कार्यकर्ताको समूहले तमाङको हत्या गरेको थियो । हत्याको विरोधमा आज एमाले दोलखाले सदरमुकाम चरिकोटमा विरोध ¥याली समेत निकालेको थियो ।

यसैबिच एमाले कार्यकर्ता तामाङ हत्या आरोपमा गौरीशंकर गाँउपालीका जुँगुका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती एमाले कार्यकर्ता कुल  बहादुर तमाङको हत्यामा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका ८ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्र्रहरी निरिक्षक प्रेम सागर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार हत्यामा संलग्नहरु अन्यको व्यापक खोजी भई रहेको छ । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ जँुगु रेशमडाँडामा नेकपा माओवादी केन्द्रका नेताको उपस्थितिमा एमाले कार्यकर्ता कुलबहादुर तामाङलाई निर्घात कुटपिट गर्नुका साथै  खुकुरी प्रहार गरी हत्या गरिएकोे थियो । हिजोे बेलुकी जँुगुको नीलकण्ठेश्वर माध्यमिक विद्यलय छेउको खाजा घरमा नेकपा एमालेका १५÷१६ जना कार्यकर्ता दिन भरको चुनावी प्रचारको विश्लेषण गर्न बसिरहेका बेला आक्रमण गरिएको थियो । नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य एवं दोलखा इन्चार्ज पूर्वराज्यमन्त्री देवी खड्काको नेतृत्वमा ५०÷६० जनाको समूहले १७ राउण्ड हवाई फायरिङसहित आक्रमण गरेको थियो । घट्नामा स्थानिय दिलबहादुर बुढाथोकी घाईते भएको र उनको काठमाडौँमा उपचार भईरहेको एमाले दोलखाले जनाएको छ ।

आरोपि पुर्व राज्य मन्त्री खड्काले भने एमाले कार्यकर्ताले आफूलाई आक्रमण गरेपछि प्रतिरक्षामा दोहोरो झडप हुँदा घटना भएको प्रतिक्रिया दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी