९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले यो देशका लागि गरे ! उनीहरुलाई रुवाईयो, आफ्नै मूल्य तोक्न बाध्य बनाइयो

२८ बैशाख २०७४, बिहीबार ०७:२७

हेम चन्द्र राई |

नेपाल एउटा सामाजिक भौगोलिक परिचयमा विविधतता भएको मुलुक हो । धार्मिक, सामाजिक, आर्थिक हिसाबले यहाँ सबै मानिस एकै किसिमका नागरिक हैसियत बोकेका व्यक्तिहरु पक्कै छैनौं । समाजमा धेरै किसिमका मानिस बसोबास गर्दछन  । कसै कसैको नाम समाजका सदा सम्झनायोग्य बनेर आउँछ भने कोहि घृणा , तिरस्कृत मान्छेहरु जन्मिएका हुन्छन् । समाजमा सबै मान्छेले चम्किलो नाम कोर्न सक्तैनन । तर नेपाली समाजमा केही यस्ता पुरुषहरु पनि जन्मेका छन उनीहरुले इमान्दार भनेर राष्ट्रको लागि रातदिन खटेर समाज र मुलुकको इज्जत मात्रै बढाएको छैनन् चम्किलो नक्षत्र बनेर चम्किएका छन । उनीहरुको इमान्दारीलाई आज हामीले आँखाको कसिङ्गार सम्झिने गरेका छौँ 

डा. महावीर पुन

पछिल्लो समयमा रास्ट्र र समाजको लागि केही गर्ने उद्देश्य सहित डा महावीर पुन आएका छन । उनले एशियाली नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार पाउने पहिलो नेपाली पनि हुन । नेपालको भौगोलिक कठिनाइहरुको बाबजुद बिकट जिल्लामा गएर सोलारबाट कम्प्युटर प्रविधिलाई संचालन गरेर नेपाल र नेपालीहरुको लागि अतुलनीय योगदान गरेका छन । हाम्रो जस्तो अविकसित मुलुकमा शिक्षामा आधुनिककरण तथा बैज्ञानिक शिक्षा प्रणालीलाई सहयोग पुगेको छ । म्याग्दी जिल्लामा जन्मिएका एउटा जनजाति मगरको छोरा अमेरिका गएर उच्च शिक्षा हासिल गरेर आज स्वदेशमै फर्केका महावीर पुनले अमेरिका पनि आलिसान जीवन बिताउन सक्थे । अझैसम्म धेरै नेपालीहरु उच्च शिक्षा हासिल गरेर बिदेशमा आलिशान जिवनयापन गरेर बसोबास गरिरहेका छन । डा पुनले पनि आलिशान महल बनाएर बस्न सक्थे तर उनले!नेपाल नेपालीको लागि केहि गर्छु भनेर त्यागेर महान कार्यमा लागिपरेका रहेकाछन । 

तर समाज , रास्ट्रको लागि केही योगदान गर्छु भन्ने समाजसेवी भावनाले ओतप्रोत भएर लाखौं कठिनाइ, अभावलाई कुनै वास्ता नगरिकन आज समृद्ध नेपालको अभियानमा डा पुनले " राष्ट्रिय अनुसन्धान केन्द्र " को स्थापना नाम रातदिन भनेर लागि रहनुभएको छ । राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना उनको सपना हो त्यो उनी छदा नै पुर हुन्छ कि हुँदैन त्योत भबिस्यले नै बताउला । विशुद्ध राष्ट्र सेवाको भावना, एउटा नागरिकको हैसियतले आज राष्ट्रिय अनुसन्धान केन्द्र निर्माणका लागी डा पुनले ५ बर्षसम्म काङ्ग्रेस, एमाले, माओवादीका सरकार गठबन्धनलाई पटकपटक ढोका ढकढक्याउनु पुगे तर मिठो, गुलियो आश्वासन बाहेक उनले केही पाएनन् । डा पुनले राष्ट्रिय अनुसन्धान केन्द्रको लागि ५० करोड बजेटको अवधारणा ल्याएका छन उनले त्यो ५० करोड पैसाबाट राष्ट्रिय अनुसन्धान केन्द्रको स्थापना गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन । 

हाम्रो बिशिस्ट व्यक्तिहरु बिमारी हुँदा उपचारको नाममा ५० रुपैयाँको राज्यलाई योगदान नगरेकोलाई ५० लाख दिने, १८ रुपैयाँ काम नगरे पनि  १८ करोड पैसा राज्यको ढुकुटी दोहन गरेर सेवा सुविधा लिएका छन । ससदहरु लाज पचेकाहरु नेपाल सरकारले सित्तैमा उपलब्ध गराउने अस्थायी साधन कण्डम पनि किनेको बिल पेस गरेर सरकारबाट पैसा असुल्छन । टाउको दुख्यो भने सिङ्गापुर, थाइल्यान्ड, भारत, अमेरिका, लण्डन महँगो अस्पताल धाउछन त्यो पनि राज्यको ढुकुटी दोहन गरिगरी । मुलुकका आफ्नो जनताले सिटामोलको अनुहार नदेखेर किन मरेको नहोस्, अस्पताल देख्न नपाईकन सुत्केरी कुन प्रसव पिडामा मर्नु परेको किन नहोस् कुनै वास्ता छैन । अस्पताल कुन चराको नाम हो कर्णालीको नागरिकलाई थाहा छैन ।कानुन भएर पनि सुशासन छैन ।

ठुलाठुला राष्ट्रवादको नारा उठायो, चर्को चर्को भाषाण दियो जनताहरु आफ्नो सङ्ठनमा जुटाउने, जनता फुटाउने आफ्नो अण्डरमा ल्याउने राजनीति दलहरु नयाँ नयाँ खोल्ने पार्टी भर्ती केन्द्र खोल्ने काममा लाग्यो बिशिस्ट व्यक्तिहरु बिलासिता जीवन बिताइरहेका हुन्छन । हिजो एउटा चप्पल लगाएर राजधानी छिर्नेहरु आयस्रोत बिहिन राजनीति गरेर राजमहलमा ठाटिएर आज बिएमडब्लु, स्कार्पियो गाडीमा सवार हुन्छन । जनसरोकारका कामहरुमा कुनै वास्ता हुँदैन यी ८ कक्षा फेल भएका किन नहुन उनीहरुलाई पिएचडि गरेका जनताको छोराछोरी भन्दा विवेकशील, बुद्धिजीवी मानिन्छन् । तर आज डा महावीर पुनले थालेका नयाँ नेपालको सपनालाई साकार पार्न सरकारले १ रुपैयाँ पनि सहयोग गरेको छैन । 

डा. पुनले पोखरामा रहेको ३ करोड बराबरको आफ्नो सम्पत्ति राष्ट्रिय अनुसन्धान केन्द्रलाउइ दान गरेका छन । क्वालिटी नभएको विभिन्न ब्रान्ड कम्पनीका बिज्ञापन गरेर आएको पारिश्रमिक राष्ट्रिय अनुसन्धान केन्द्रलाई दान गरेका छन । के यो देशमा स्वच्छ भावनाले काम गर्ने महावीर पुन जस्ता व्यक्तिहरु बाच्नु हुन्न पटकपटक मरिरहनुपर्ने ? के आफ्नो भएको सम्पत्ति , जीवन सबै अर्पण गर्दा पनि आजसम्म राज्यको आँखा नपुग्ने ? के महावीर पुनले बिखण्डनकारी काम गरेका थिएर ? होईन भने आज किन डा महावीर पुनले आफुलाई नै बिक्रीमा राख्नुपर्ने स्थिती आयो ? आफ्नो भएको जायजेथा सबै राष्ट्रिय अनुसन्धान केन्द्रमा छन जिवनमा पाएको तक्मा , मेडलहरु सबै बिक्रीमा राखेका छन । जिवनमा मान्छेशीत भए भरको सारा कुरा रास्ट्र निर्माणका लागि समर्पित गरेका पुनलाई सरकारले नहेरे पनि आज सयौं मनकारी सहयोगीले सहयोग गरिरहेका छन । 

अब डा पुनले आफुलाई बिक्रीमा राखेका छन उनको मूल्य कति हो ? त्यो अब सरकारले तोक्ने कि ? समृद्ध नेपालको ठुलाठुला सपना बाड्ने चुनावमा करोडौं रुपैयाँको भोजभतेर , मोजमस्ती गरेर खर्च गर्ने पैसा हुने तर राष्ट्र सेवक डा पुनलाई ५० करोड दिनको लागि यो देशलाई , यो देशका राजनिती दलहरुलाई पैसा नहुने यो कस्तो बिडम्बना भन्या ! ती भोजभतेर खर्च हुने ५० रुपैयाँ किन नहोस् के कुनै पार्टीको कार्यकर्ताले डा पुनलाई दान गरेका छन ? आज सरकारले कुनै वास्ता नगरे पछि डा महावीर पुन राष्ट्रिय अनुसन्धान केन्द्रको लागि सर्वसाधारण जनताको घरदैलोमा गएका छन फलस्वरूप अहिलेसम्म २ करोड ५० लाख कलेक्सन भएको उनले फोनमा मलाई अवगत गराएका छन । 

कति हास्यास्पद कुरा आज डा पुन कुनै काङ्ग्रेस, एमाले, राप्रपा, मधेसी, माओवादीको कार्यकर्ता भएको भए जयजयकार गरेर उनको सपनालाई साथ हुन्थ्यो होला तर आज उनले राष्ट्रको लागि भनेर कुनै दलको झण्डा मुनि बसेनन बिडम्बना त्यो नै भयो होला । त्यसैले आज उनी यो देशको लागि उर्वर भुमि बनाउने बाटोमा लागे पनि डा पुन घोषित अघोषित रूपमा अपराधी भएका छन । उनले इमानदारीता राष्ट्र , जनताको लागि निस्वार्थ रातदिन कटिबद्ध बफादार भएर लागि परे त्यो नै उनको अपराध भयो होला । 

कुलमान घिसिङ 

सेवाकराई जनताहरु कर्मचारी तन्त्रले वाक्कदिक्क भएका छन । उनीहरुको काम कार्वाही सेवा मुलक नभएर नयाँ राज्यको शासक जस्ता छन । घुस उपलब्ध नगराए सम्म फाईल, कामहरु समयमा बन्दैन । समयमा काम गराउनको लागि नातेदार, घुस खुलाउनु पर्छ अनिमात्र सेवा पाइन्छ । जनताको करबाट जागिर खाएर कर्मचारीहरु राजनैतिक दलहरूको आसेपासे, झण्डा बोके त राजनीति गर्ने परिपाटीले आज सेवकराईहरु घुस दिन र आसेपासेको  अघिपछि हुनु बाध्य छन । नेपाल बिधुत प्राधिकरण २०६० साल देखी बार्षिक खर्बौ रुपैयाँ घुस कर्मचारी देखि ठुला हाकिम हुँदै मन्त्रीहरुसम्म पुग्थ्यो । जुन कुरा जब प्रचण्ड सरकारको उर्जा मन्त्री जनार्दन शर्मा मन्त्रालयमा आए र नयाँ एमडी कुलमान घिसिङ नेपाल बिधुत प्राधिकरणमा आए तब कालो धन्दाको पर्दाफास भयो । सरकार तथा प्राधिकरण घाटामा टाट पल्टिने स्थितमा पुग्थ्यो तर एउटा सामान्य मिटिर रिडरले मुलुकको प्रमुख शहरमा आलिसान करोडौं पर्ने ताजमहल खडा गर्थे । एउटा सामान्य २० हजार मासिक तलब खाने कर्मचारीले ५ सालमा ३/४ वटा ५/१० करोडको घरबार जोड्थे आखिर कहाँबाट आउथ्यो त्यो रकम ? 

बिजुली चोर, मिटर घुमाएर राज्यको ढुकुटी दोहन गर्ने, मोटो रकम लिएर उद्योग कलकारखानालाई बिजुलि २४ घन्टा दिने तर जनतालाई अस्वभाविक माग र उत्पादनको अन्तर देखाएर १८ घन्टा लोडसेडिङ मुलुकलाई राखेर राजमहल निर्माण गर्ने परिपाटीको धन्दा एकाएक बाहिर मात्रै आएन कि लोडसेडिङ पनि भयो । जनताले कुलमान घिसिङलाई जनताको सेवक सच्चा बफादार इमान्दार मानेर उनको लोकप्रियता बढेर आयो । उनले कुनै चमत्कार त गरेका थिएनन् पनि त्यो कुरा स्वीकार पनि कुलमान घिसिङले गर्दैनन् । कुलमान घिसिङ डा पुन जस्तो मान्छेलाई निराश र रुवाएर होइन साथ सहयोग, समर्थन दिएर नयाँ जोस जागर पैदा गरौं सय कुलमान, पुन जस्तो व्यक्ति जन्माउनु पर्छ । तब नेपाल समृद्धि हुनेछ । 

कुलमानले आफुमा भएको स्रोत साधनको बैज्ञानिक व्यवस्थापन, बिजुलि चोर ४५ हजारलाई कार्वाही गर्ने, इमानदार भएर काम गर्नुपर्छ भनेर आफ्नो मातहतको कर्मचारीलाई बफादार बनाउने काम गरे जसको फलस्वरूप आज मुलुकमा लामो समय पनि आर्थिक वृद्धिदर ०.०१ बाट ६.९५ प्रतिशत मात्रै भएन सरकारले महङ्गी १०.४ बाट २.९५ प्रतिशत राख्ने, बिकास खर्चलाई १.५ प्रतिशत बाट बढाएर ३.२ प्रतिशत पुर्‍याउने कामलाई साथ मिलेको छ । आज लोडसेडिङ अन्त भए पछि मासिक ८ देखि १५ अर्बसम्म आयात हुने इन्धन, इनभटर, जेनेरेटरजस्ता सामानहरुको व्यपारमा गिरावट आएको छ । अझै पनि धेरै सर्टिफिकेट बोकेका आफुलाई महान विद्वान सम्झिने व्यक्तिहरु पनि यो देशमा छन । कुलमान घिसिङ जस्तो प्रमुख सयौं अन्यत्र भिन्नाभिन्नै कार्यलयमा छन तर नाम मात्रैका ! काम भने शुन्य सरकारको काम १० – ४  डिउटी कहिले जाला घाम ! महिना मर्छ तलब आउछ भन्नेमा नै केन्द्रित हुन्छ । 

जस्ले मुलुकलाई व्यापार घाटा कम गराएर फाइदा भएको छ । उज्यालो नेपाललाई सार्थक तुल्याउने, नीति नियममा भएको कमि कमजोरीलाई परिवर्तन गरेर जनताको लागि सेवा प्रदान गरेर आज कुलमानले जुन काम गरे तर बिजुलि चोर, माफिया अपराधीहरुको भने शैह्य भएको छैन । उनीहरुको निद हराम भएको छ । उनलाई बिजुली चोर, माफियाको गिरोह लागेर कुलमान घिसिङलाई  पिट्ने, एनसिएलको नम्बरबाट राजनैतिक छत्रछायामा रहेर मार्ने धम्कीसम्म आयो । आज आएर उनै माफिया गिरोहले एलइडि बल्ब खरिद सम्झौतामा करोडौं रकम चलखेल भयो भनेर राजनैतिक दलमा आस्थवान बलराम बानियाँले कान्तिपुर ३८ पाइने बल्ब लाई ६५ भारुमा सरकार र नेपाल बिधुत प्राधिकरणले किन्यो भनेर अबैज्ञानिक विकिपिडियामा जसले पनि इडिट गर्न सक्ने अपडेटको आधारमा रहेर कुलमान घिसिङलाई रुवाउने काम गरे ।

त्यो रुवाई कुलमान घिसिङको होईन समग्र उज्यालो नेपाल चाहाने ३ करोड नेपाली जनता, सेवकराई तथा इमानदार रुनु परेको छ । राज्यको चौथो अङ्ग पत्रकार कत्तिको स्वतन्त्र रहेछ भन्ने कुरा आज छर्लङ्ग बाहिर आएको छ । हिजो निवर्तमान प्रधानमन्त्री एमाले कमाण्डर केपि ओलिले १५ अर्बमा ५० मेगावाट बिजुली ल्याउदा खुबै वाहवाह गर्ने तिनै झुन्डले आज अन्तर्राष्ट्रिय बजारमा ४००-४५० पर्ने बल्व भारतबाट ( जिटुजी ) सरकारद्वारा सरकार शीत छिटो छरितो र स्वस्तो हिसाबले एलइडि बल्ब ६५ भारुमा खरिद गरेर आउने सालको हिउँदमा लोडसेडिङ अन्त गर्ने महत्वाकांक्षी योजनालाई तुसारापात गर्ने काम जसरी भयो यो निन्दनीय छ । कुलमान घिसिङ र डा पुनलाई ५०/६० करोडमा किन्न सकिने व्यक्ति होइनन् । उनीहरुले आज ३ करोड नेपाली जनतालाई ऋणको भार बोकाएका छन । 

यो नै चिम भारत सरकारले श्रीलंका सरकारशीत ६५ भारुमा खरिद गरेको छ । अब यसलाई सर्वसाधारण जनताले कसरी जे बुझ्ने श्रीलंकालाई ६५ भारुमा ( जिटुटी ) खरिद गरेर एलइडि बल्ब नेपाललाई ३८ भारुमा कसरी मिल्छ ? जसको गुणस्तर प्रति कति बफादार रहेका छौँ ? बलराम बानियाँको पत्रकारिता कतिको स्वतन्त्र छ ? राजनैतिक आस्था भए पनि नियोजित तवरले निस्वार्थ रातदिन नभनी काम गर्ने कर्मठ कर्मचारीको इज्जतमा कालो दाग लगाउने अधिकार के पत्रकार हुन साथ राष्ट्रिय मिडिया हुन साथ मिल्छ ? यो आज जनजनमा उब्जिएको  प्रश्न हो । सरकारको धेरै निकायहरु छन जहाँ आज कुलमान जस्तो कर्मठ कर्मचारीको आवस्यकता महसुस भैरहेको छ । कुलमान घिसिङ र डा महावीर पुन राजनैतिक दलहरु भन्दा धेरै माथी छन । राजनीति दलहरूले आज मुलुकलाई अझैसम्म अस्थिरबाट मुक्त गर्न सकेकाछैनन तर कुलमान घिसिङले आफ्नो भएको स्रोत साधन शक्तिलाई राम्रोसँग उपयोग गरेर लोडसेडिङ अन्त मात्रै गरेनन गर्दा धेरै कुरा सम्भव रहेछ भन्ने पुष्ठि गरेका छन । 

 के आज कुलमान घिसिङ र डा महावीर पुनले राष्ट्र मुलुकको समृद्धिको लागि गरेको योगदान नै अपराधी थियो ? उनीहरुको गरेको स्वच्छ हृदयबाट भएको कामलाई अर्बौंमा खरिद गर्न नसकिने कुरालाई आज राजनैतिक आस्था अनि पैसाको पछी लागेर आफ्नो भएको इज्जतलाई दुई कौडीमा बिक्री गर्ने कति तुच्छ रहेछ हाम्रो विवेक ? हामी कति विवेकशील रहेछौं । पश्चिमा हरियो डलर लिएर सम्भावना बोकेका विवेकशील संगठनको नाममा भद्दा तुच्छ विवेकहिन राजनीति दलहरूका नेतालाई गाली गर्नु कत्तिको विवेकशील होला ? त्यो आम जनजनले मुल्यांकन गर्ने कुरा हो । आज ३ करोड नेपाली जनताहरु कुनै न कुनै राजनैतिक आस्था बोकेर हिडेका छौँ अपवादलाई छोडेर स्वतन्त्र छु भनेर ढवाङ्ग पिट्नुलाई पानी माथिको ओभानो खोज्नु सरह हो ।

 इमानदारी भएर काम गर्ने इमानदारी कर्मठ कर्मचारी , व्यक्तिलाई त कम्तीमा राम्रो काम लाई राम्रो भन्न सक्नुपर्छ । कालोलाई कालो र सेतोलाई सेतो भन्न नसक्ने हामी पढेलेखेका बौद्धिक मानिएका मान्छे कति सभ्य रहेछौं ? आज आफैले मुल्यांकन गर्नुपर्ने कुरा हो । आज राष्ट्रको लागि केही गर्छु भनेर रातदिन लागि परेका डा महावीर पुन भएभरको जायजेथा दान गरे , पाएका सम्मान तक्मा बिक्रि राखे आज हुदाहुदै आफुलाई बिक्रीमा राख्नुपर्ने अनि बर्षौ देखी लोडसेडिङमा ग्रसित मुलुकलाई रातदिन कटिबद्ध रहेर उज्यालो नेपाल बनाउने कुलमान घिसिङलाई आँखाको कसिङ्गार , अपराधी नै सम्झिनु यो कस्तो बिडम्बना भन्या ! सायद कुलमान घिसिङ र डा महावीर पुनले घुस खाने , कमिसन लिने , चिर माफियाहरुलाई मोटो बनाउने काम गरेका भए आज उनीहरु आँखाको कसिङ्गार हुने थिएनन् । उनीहरुको गल्ती नै नेपाल नेपालीको लागि समर्पित भएर कर्म गर्नु नै आज अभिसाप बनेर आयो । 

आज उनै बलराम बानियाँले कुलमान घिसिङले लोडसेडिङ तालिका नल्याउने , उर्जा मन्त्रालयले लोडसेडिङ अन्य गर्ने भन्दा " प्राधिकरणले छिट्टै काठमाडौलाई लोडसेडिङ मुक्त बनाउने कुरा आईरहेको छ । बिजुलिको उत्पादन – आयात नबढेसम्म टुकि बालेमात्र काठमाडौ लोडसेडिङमुक्त  हुन सक्छ ।" भन्ने स्टाटस पोस्ट गरेका थिए । यसरी काम आफू पनि नगर्ने र गर्नेलाई पनि स्वतन्त्र गर्न नदिने परिपाटीको अन्त हुनुपर्छ । कम्तीमा आफुले नसके पनि अरुले गरेको कामलाई सकारात्मक सहमति सहयोग गरियो भने उसको आत्माबल बढेर झन राम्रो कामहरु हुनेछन् । तर राजनैतिक छाताओढेर  स्वतन्त्र कुरा गर्ने र कसले नराम्रो काम गर्न लाग्यो कसरी उसलाई लडाउन सकिन्छ ? कसरी असफल बनाउन सकिन्छ भनेर लाग्ने परिपाटीले मुलुकको समृद्धिको सपना अधुरो र अपुरो नै हुनेछ । कुलमान डा पुन भनेको व्यक्ति होइनन् उनीहरु राष्ट्रको गहना उदाहरणका पात्र हुन उनीहरुबाट हामीले पाठ सिक्नु सक्नुपर्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी