मोहम्मद ईजहार शेष/बैशाष २८, नवलपरासी । नवलपरासीको सिमावर्ति रमपुरवांमा सञ्चालन गरीएको रात्रीकालिन दुग्गि क्रिकेट प्रतियोगिताको उपाधि उत्तर प्रदेशको निचलौलले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/बैशाष २८, नवलपरासी । नवलपरासीको सिमावर्ति रमपुरवांमा सञ्चालन गरीएको रात्रीकालिन दुग्गि क्रिकेट प्रतियोगिताको उपाधि उत्तर प्रदेशको निचलौलले"/>

2026-06-24 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रात्रीकालीन क्रिकेटमा उत्तर प्रदेशको निचलौल बिजयी

2017-05-11


मोहम्मद ईजहार शेष/बैशाष २८, नवलपरासी । नवलपरासीको सिमावर्ति रमपुरवांमा सञ्चालन गरीएको रात्रीकालिन दुग्गि क्रिकेट प्रतियोगिताको उपाधि उत्तर प्रदेशको निचलौलले हात पारेको छ । 

रमपुरवां क्रिकेट क्लबको आायोजनामा बैशाष २१ गतेवाट सञ्चालन गरीएको उक्त प्रतियोगिताको गएराती फाईनल खेल सम्पन्न भएको हो । भारतको निचलौल र नवलपरासीको पाल्हीनन्दन गाँउपालिको परसीयां बिचको फाईनल खेलमा निचलौलले १ रनको झिनो अन्तरले नवलपरासीको टिम परसींयालाई पाजित गरेको हो । 

टस जितेर ब्याटिङ्ग रोजेको निचलौलले ६ ओभरमा प्रतिद्धन्द्धी टिम परसींयालाई ४२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ्गमा परसींयाले निर्धारीत ओभरमा जम्मा ४० रन बनाउन सकेको थियो । अतयन्तै प्रतिशप्रधात्मक भएको उक्त प्रतियोगितामा प्रति बलको खेल हेर्न दर्शकहरुमा उत्सुक्ता देखिएको थियो ।

आयोजक समितिका अध्यक्ष मोहमदिन अंसारीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल ( मुन्ना बाबु ) को प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रम तथा पुरस्कार बितरण कार्यक्रममा नेता कण्डेलले कुनैपनि खेलमा कसैको पनि बास्तवीक हार नहुने तर खेललाई निशकर्षमा पुर्याउनका लागि हारजित राखिएको हुदा सबै खेलाडिले सधैं उत्कृष्ट प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । 

हक्कि खेलका पुर्व राष्ट्रिय खेलाडि समेत रह्नु भएको नेता कण्डेलले यस्ता प्रतियोगिताले मित्र राष्ट्र भारतका खेलाडिहरु सँग अनुभव साटासाट हुनुका साथै दुई देश बिचको सम्बन्ध मिठास हुने भन्दै सम्पुर्ण खेलाडिहररुलाई बधाई दिनुभयो । सो क्षेत्रमा हुने अधिकांस खेलहरुमा उँहाको सहभागिता हुने गरेको छ भने आफै खेल खेलेर प्रतियोगिताको उद्घाटन गर्ने नेता कण्डेलको सिद्धान्त जस्तै मानिन्छ ।

 सोही क्रममा नेता कण्डेलले प्रतियोगितामा आफुलाई एक ओभर भित्र आउट गर्ने बलरलाई रु एक हजारको पुरस्कार समेत राख्नु भएको थियो । तर नेता कण्डेललाई ३ ओभरसम्म खेलाउदा समेत नवलपरासी र भारतका निचलौलका बलरहरुले आउट गर्न सकेको थिएनन् ।

प्रतियोगितामा प्रथम हुने निचलौललाई ठुलो साईज एल ई डि टिभि, ट्रफि, द्धित्तिय हुने परसींयाका खेलाडिहरुलाई एउटा साईकल ,  ट्रफि र बिजयि हुने दुबै समुहका खेलाडिहरुलाई  भित्ते घडि र मेडलले पुरस्कृत गरीएको थियो । पाँच दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा  भारत र नवलपरासीका जम्मा १८ वटा क्रिकेट क्लबहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको समापनमा नेपाली कांग्रेसका ईकाई सभापति, एमालेका रमजान राईन, नेपाल मुस्लिम संघका जिल्ला सचिव आलमगिर खान लगायतका स्थानय समाजसेवी ब्यक्तिहरुको सहभागिता रहेको थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे