पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>वैशाख ८, नवलपरासी । </b>नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम बिस्फोट भएको छ । <br></p><p>कावासोती नगरपालिका वडा नंम्बर ३ मा कांग्रेसवाट वडा अध्यक्षको उम्मेदवार अमृत श्रेष्ठले कोणसभा गरिरहेको अवस्थामा १०० मिटरको दुरीमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।</p><p>ठुलो आवाजमा बम बिस्फोट भएपछि भागदौड मच्चिएको थियो । बिष्फोटबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । न् </p>

