पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख २९, वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवारको घरमा आज बिहानै बम फेला परेको छ ।

गल्याङ प्रहरी चौकीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेकाअनुसार आज बिहान प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा एउटा बम फेला परेको हो ।

प्लास्टिकले बेरिएको अवस्थामा बम देखेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीछिन अघि निष्क्रिय पारेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।

प्रमुख पदका उम्मेदारको घरमा बम फेला परेपछि स्थानीयवासी त्रसित भएका छन् भने प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । रासस