बैशाख २९, काठमाडौँ । “बीउ छरे पो अन्न पलाउँछ, केही नछरे झार पलाएर हैरान बनाउँछ । 

आफै विचार गर्नुस् भोट दिएर आशा जीवित राख्ने कि भोट नदिई झारलाई गालीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २९, काठमाडौँ । “बीउ छरे पो अन्न पलाउँछ, केही नछरे झार पलाएर हैरान बनाउँछ । 

आफै विचार गर्नुस् भोट दिएर आशा जीवित राख्ने कि भोट नदिई झारलाई गालीम"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौन अवधिमा सामाजिक सञ्जाल: सिर्जनात्मक प्रयोगदेखि दुरुपयोगसम्म

२०७४, २९ बैशाख शुक्रबार १०:४३

बैशाख २९, काठमाडौँ । “बीउ छरे पो अन्न पलाउँछ, केही नछरे झार पलाएर हैरान बनाउँछ । 

आफै विचार गर्नुस् भोट दिएर आशा जीवित राख्ने कि भोट नदिई झारलाई गालीमात्र गर्ने रु” सामाजिक सञ्जाल ट्विटरमा व्यक्त निश्चल बस्नेतको यो पोस्टलाई काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार रञ्जु दर्शनाले सेयर गरेपछि तत्कालै क्रिया प्रतिक्रिया सुरु भयो । निर्वाचन, लोकतन्त्र, पार्टी, नेता र जनताका सपनादेखि विगतमा कुन दलले कस्तो काम गरे भन्नेबारे मत अभिमतको सवाल जवाफ अहिले सामाजिक सञ्जालमा यो वा त्यो रुपमा चलिरहेको छ । 

युवा उम्मेदवार भएका कारण पनि विवेकशील नेपालका दर्शनालाई सामाजिक सञ्जालमा पछ्याउने धेरै छन् ।

 मौन अवधि सुरु भएपछि चलाइएको बहसमा ठूला दल र तिनका नेताका कारण देश उँभो नलागेको गुनासा अभिव्यक्त भएका छन् । स्थानीय निर्वाचनको प्रचारका नगर्न मौन अवधि लागू भएपछि प्रत्यक्ष मत माग्ने काम नभए पनि अप्रत्यक्ष रुपमा आफूले समर्थन गरेको दल र उम्मेदवारका पक्षमा जनमत तान्ने प्रयास जारी छ । 

प्रत्यक्ष रुपमा घरदैलो गरेर प्रचारप्रसारमा रोक लागे पनि सामाजिक सञ्जाल र अन्य प्रयोगबाट मतदाताको मन जित्ने प्रयासलाई सम्भवतः निर्वाचन आयोगको अनुगमनले पनि नदेखेझैँ गरिदिएको छ । 

त्यसो त मौन अवधिमा केही भन्न नपाइने वा सामाजिक सञ्जाललाई पनि पूरै नियन्त्रण गर्न खोज्ने विषय सम्भव हुँदैन । पत्रकार भुवन केसीले फेसबुकमा भने झैँ “मौन अवधि भनेको थर्कमानको अवधि होइन ।” यही अवधिलाई सामाजिक सञ्जालमा सिर्जनात्मक सदुपयोग गर्ने काम पनि भइरहेको छ भने दल र नेताहरुबीच आरोप प्रत्यारोप पनि चलिरहेको छ । 

यही वैशाख ३१ गते तीनवटा प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागि जुलुस, सभा र प्रचारप्रसारका लागि गएराति १२ बजेदेखि निर्वाचन आचारसंहिता बमोजिम मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसारमा रोक लगाइएको छ । 

नेकपा एमालेका सचिव योगेश भट्टराईले आज दिउँसो “मौन अवधिमा पनि घाम त लागिरहँदो रहेछ १ जय सूर्यदेव, जय सूर्यमुखी ।” भन्ने पोस्ट गरेर अप्रत्यक्ष रुपमा आफ्नो पार्टीको निर्वाचन चिह्नको प्रचार गर्नुभयो । यसलाई जवाफ दिने प्रकारले नेपाली काँग्रेसका युवा नेत्री प्रतिमा गौतमले “मौन अवधिमा पनि शीतल हावा चलिरहेछ । 

रुख नभए शीतलता कहाँ होला र रु रुख जीवन हो, जीवन रुख हो । हामीले बुझ्न जरुरी छ ।” यो पोस्टलाई नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष डिल्लीराम सुवेदीले तत्काल सेयर गरेर अरुमाझ पु¥याउनुभयो । 

नेकपा ९माओवादी केन्द्र०का काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार सर्वोत्तम डङ्गोलले आफ्नो फ्यान पेजमा एक अनलाइनमा प्रकाशित आफू अब्बल उम्मेदवार भएको अन्तर्वार्तालाई मौन अवधिमै सेयर गरेका छन् । 

सामाजिक सञ्जाललाई नियमित अवलोकन गरिरहेका पत्रकारिताका अध्येता केसीका विचारमा “सोसल मिडियामा आचारसंहिता लागू गराउनु आफँैमा विवादास्पद छ । यसमा विश्वका जुनसुकै स्थानबाट पनि सामग्री राख्न सकिन्छ । स्थानीय तहको निर्वाचन नेपालको तीनवटा प्रदेशमा मात्र हुँदैछ । त्यो क्षेत्रभन्दा बाहिरबाट सोसल मिडियामा प्रचार गरे र मत मागे भने त्यसलाई नियन्त्रण गर्ने संयन्त्र पनि छैन । त्यो कुरा व्यावहारिक हुँदैन ।” 

केसी भन्नुहुन्छ – “निर्वाचन आयोगको आचारसंहितालाई मान्ने नै हो भने पनि मौन अवधिमा कुनै पार्टी वा उम्मेदवारको पक्ष र विपक्षमा प्रचार गर्नुलाई राम्रो मानिँदैन । तर व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न मिल्दैन ।” प्रकाश सिलवाल/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी