बैशाख २९, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मौनअवधिको पूर्ण रुपमा पालना गर्न÷गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई पुनःआह्वान गर्नुभए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २९, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मौनअवधिको पूर्ण रुपमा पालना गर्न÷गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई पुनःआह्वान गर्नुभए"/>
2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौनअवधिको पूर्ण रुपमा पालना गर्नुस्: आयुक्त यादव

May 12, 2017

बैशाख २९, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मौनअवधिको पूर्ण रुपमा पालना गर्न÷गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई पुनःआह्वान गर्नुभएको छ । 

सहन्यायाधिवक्ता खेमराज ज्ञवालीद्वारा लिखित ‘लोकतान्त्रिक निर्वाचन व्यवस्थापन’ पुस्तकको आज यहाँ विमोचन गर्दै भन्नुभयो, “केही स्थानमा राजनीतिक दल र उम्मेदवारबाट मौनअवधिको अवज्ञा भइरहेको भन्ने सूचना प्राप्त भएको छ, यो ठीक भएन, प्रचारप्रसार गर्ने कार्य तत्कालै रोक्नुस् ।” 

राष्ट्र, जनता र लोकतन्त्रको स्थायित्वका लागि हुन लागेको निर्वाचनको महाभियानअन्तर्गत मतदानमा घरायसी अरु सबै काम छाडेर सहभागी हुन आग्रह गर्दै डा यादवले निर्वाचन आचारसंहिता विपरीत हुने जुनसुकै कार्यलाई निरुत्साहन गर्न नागरिक समूहलाई सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, “पहिलो चरणको निर्वाचनमा खटिएका मतदान अधिकृत सबै आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगेर धमाधम मतदाता परिचयत्र वितरण गरिरहनुभएको छ, निर्वाचनलाई स्वतन्त्र, स्वतन्त्र र निष्पक्ष बनाउन आयोगले कुनै कसर बाँकी राखेको छैन, तयारीमा कुनै कमजोरी छैन ।” 

कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले संवैधानिक लोकतन्त्रमा विश्वास गर्नेले संविधानअनुरुप राजनीति चलाउनुपर्छ, राजनीतिअनुसार संविधान चल्न सक्दैन भन्ने बुझ्न आवश्यक छ भन्नुभयो । 

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन तथा संविधान, गणतन्त्र र लोकतन्त्रलाई स्थायित्व दिनका लागि आगामी माघ ७ गतेभित्र तीन तहकै निर्वाचनको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो । 

संविधानविद् चन्द्रकान्त ज्ञवालीले कृति निर्वाचनबारे अध्ययन, अध्यापन र अनुसन्धान गर्नेका लागि अत्यन्त उपयोगी रहेको बताउनुभयो । 

कृतिका लेखक ज्ञवालीले नेपालको निर्वाचनको नालीबेली समावेश गरिएको आफ्नो कृतिमा तस्बिरसहितको नामावली, संविधानसभामा दर्ता भएका राजनीतिक दल, निर्वाचन आचारसंहिता, निर्वाचन व्यवस्थापनजस्ता विषयवस्तु समेटिएको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक