Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैधरुपमा सुन आयात गर्ने एक अभियुक्तलाई कारागार चलान

२०७४, २९ बैशाख शुक्रबार १३:२१

बैशाख २९, रसुवा । रसुवागढी नाकाबाट अवैधरुपमा सुन आयात गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई पुर्पक्षका लागि आज कारागार चलान गरिएको छ । 

रसुवा जिल्ला अदालतका स्रेस्तेदार ढाकाराम पौडेलका अनुसार चीनको केरुङबाट गत चैत ३ गते नेपाल भ्यिाइएको सात किलो सुनसहित टिमुरेमा पक्राउ परेका स्याङ्जा वालिङ घर भई हाल रसुवा जिल्लाको उत्तरगया गाउपालिका–४ मा बसाइँ सरी आएका प्रकाश गैह्रेलाई सङ्गठित अपराध नियन्त्रण ऐन २०७० र भन्सार ऐन २०६४ अन्तर्गत मुद्दा पेस भएकाले जिल्ला न्यायाधीश रामराजा उप्रेतीको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो । 

निज गैह्रेले ल्याएको सुनको मूल्य रु तीन करोड २० लाख ७० हजार पाँच सय कायम भएको बताइएको छ । 

सुन कारोबारमा दुई चिनियाँ नागरिक पनि रहेको गैह्रेले बयानमा उल्लेख गरेका छन् । सुन आयातमा संलग्न अर्का रसुवा कालिका गाउँपालिका–३ (साबिक धैबुङ गाविस–१ बेतिनी) का ३१ वर्षीय चेतनाथ न्यौपाने फरार रहेकाले निजलाई फरार सूचीमा राखी अभियोगपत्रसहित अदालतमा मुद्दा दायर गरिएको बताउँदै सहायक जिल्ला सरकारी वकिल वासुदेव लम्सालले यसअघि पनि गरेको दुई किलो सुन पार गरिसकेको गैह्रेको बयानबाट खुलेको जानकारी दिनुभयो । 

लम्सालका अनुसार सङ्गठित अपराधअन्तर्गत अभियुक्त दुवैलाई पाँच वर्ष कैद र रु ५० हजार जरिवाना एवम् भन्सार ऐनअन्तर्गत पनि थप एक वर्षदेखि तीन वर्षसम्म कैदको माग दाबी गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित