Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कञ्चनपुरमा चुनावका लागि आवश्यक पर्ने समाग्री व्यवस्थापन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २९, कञ्चनपुर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले आसन्न स्थानीय तहको निर्वाचनको लागि आवश्यक पर्ने समाग्री व्यवस्थापनको काम थालेको छ  ।

निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत केशबसिंह भण्डारीका अनुसार चुनावमा  मतदान स्थलमा आवश्यक पर्ने मतपेटिका, मतपत्र लगायत भौतिक समाग्री व्यवस्थापन गर्ने कार्य भइरहेको हो ।

निर्वाचन अधिकृत भण्डारीले केन्द्रबाट ठुलो आकारको ४ सय ५६ थान मतपेटीका कञ्चनपुर पुगेको बताउदै यसअघि मौज्दात रहेका मतपेटिका समेत प्रयोगमा ल्याईने बताउनुभयो । उहाँका अनुसार निर्वाचन कार्यालयसँग ४ सय ठुलो तथा ३ सय ५० सानो आकारको गरेर ७ सय ५० मतपेटिका मौज्दात रहेको छ ।

उहाँले जेठ २७ गते सम्म जिल्लाका सबै मतदान केन्द्रमा मतपेटिका तथा मतपत्र पाठाइसक्ने जानकारी दिनुभयो । त्यस्तै निर्वाचन कार्यालयले कर्मचारी व्यवस्थापनको काम पनि थालेको बताईएको छ । कुल २ लाख ३५ हजार ७ सय ३५ मतदाता रहेको कञ्चनपुरमा २ सय ९३ मतदान केन्द्र निर्धारण भएका छन् ।