Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पर्बतमा रहेको विश्वकै ठूलो महाशिला संरक्षणका लागि माग

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ३०, पर्वत । महाशिला गाउँपालिकास्थित लुङ्खुदेउरालीमा रहेको विश्वकै ठूलो महाशिला (ढुङ्गा) प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिएको महाशिलाको दुर्गम गाउँमा भएका कारण उचित प्रचारप्रसार हुन सकेको छैन । एक दशक पहिलेसम्म महाशिलाको उचित संरक्षणका साथै हरेक चाडपर्वमा मेला लाग्ने गरे पनि पछिल्लो समयमा बुढापाकाको मृत्यु हुँदै जानु र युवा पलायन हुनुले ढुङ्गाको प्रचारप्रसार हुनसकेको छैन ।

सदरमुकाम कुश्माबजारबाट करिब ४० किमीको दूरीमा पर्ने लुङ्खुदेउरालीमा रहेको सो ठूलो ढुङ्गालाई स्थानीय बासिन्दाले मेहलढुङ्गा भन्छन् । विश्वकै ठूलो महाशिला भएकाले यसलाई अवलोकन गर्न आन्तरिक पर्यटक आउने गर्छन् ।

लुङ्खुदेउरालीमा मोटरबाटोको सुविधा पुगेपछि भने पोखराबाट सिधै पर्यटक आउने गर्छन् । स्थानीयवासी भन्छन्– “ एक पटक हिँडेर महाशिला परिक्रमा गर्दा एक माना चामलको भात पाक्थ्यो रे । एक पटक घुम्दा १० मिनेटभन्दा बढी समय लाग्छ ।”

‘बाबुबाजेका पालामा पुजारी बसेर पूजापाठ गरे पनि अहिले यस्तो प्रचलन हटेको स्थानीयवासी लोककुमारी पौडेल बताउनुहुन्छ । “विश्वकै सबैभन्दा ठूलो भएर पनि उचित प्रचारप्रसार हुनसकेको छैन” पौडेलले भन्नुभयो,“ यसको उचित प्रचार प्रसार गर्न सके यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने थियो ।” पौडेलले बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीया लगायत चाडपर्वमा मेला लाग्ने बताउनुभयो ।

जिल्लाकै गहनाका रुपमा रहेको सो महाशिलाको प्रचारप्रसारका लागि स्थानीयवासीले विभिन्न क्षेत्रसँग माग गरे पनि कुनै सुनुवाइ नभएको स्थानीय पत्रकार माया अधिकारीले बताउनुभयो । स्थानीय युवा सङ्गठित भएर ढुङ्गाकै प्रवद्र्धनमा लागे पनि प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गर्न सके पर्यटन वर्षलाई थप टेवा पुग्ने विश्वास लिइएको छ ।

लङ्खुदेउरालीका बासिन्दाले उक्त गाविसमा रहेका दुई गुफा र सो महाशिलाको प्रचारप्रसारका लागि लामो समयदेखि माग गरे पनि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो गरेका छन् । रासस