झोलाभित्र शङ्कास्पद वस्तु राखेको"/>
झोलाभित्र शङ्कास्पद वस्तु राखेको"/>
बैशाख ३०, पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको सभागृह चोकमा आज बिहान राखिएको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारिएको छ ।
झोलाभित्र शङ्कास्पद वस्तु राखेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले सो वस्तुलाई निष्किय पारेपछि हेर्दा प्रेसर कुकुर र बिजुलीको तार भेट्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।रासस