2026-07-25 02:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन नेताले कहाँ खसाल्छन् भोट ?

वैशाख ३१, काठमाडौं । निर्वाचनमा विभिन्न पार्टीका शिर्ष नेताले मतदान गर्ने भएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल : चितवनको भरतपुर महानगरपालिका ४ शिवनगरस्थित लक्ष्मी मावि लंखु मतदान केन्द्र ।

कांग्रेस सभापति शेरबहादुर देउवा : पहिलो चरणको चुनावमा सहभागी हुने छैनन् । मतदाता नामावलीमा उनको नाम डडेलधुराको गन्यापधुरा गाउँपालिका १ मा छ । दोस्रो चरणको निर्वाचनमा उनी डडेलधुरा जानेछन् ।

एमाले अध्यक्ष केपी ओली : मतदाता नामावलीमा उनको नाम सूर्यविनायक नगरपालिका २ बाल्कोटमा छ । उनले बाल्कोटमा मतदान गर्नेछन् ।

रामचन्द्र पौडेल : तनहुँको व्यास नगरपालिका २ को सत्यदेवी उच्च मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

शशांक कोइराला : काठमाडौं भ्याली मतदान केन्द्रमा मतदान गर्नेछन् ।

प्रकाशमान सिंह : काठमाडौं महानगरपालिका १६ क्षेत्रपाटीबाट मतदान गर्नेछन् ।

एमाले नेता माधव कुमार नेपाल : रौतहटको गौर नगारपालिकामा दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् ।

इश्वर पोखरेल : उनको नाम टोखा नगरपालिका ६ मा छ ।

बामदेव गौतम : दोस्रो चरणको निर्वाचनमा गौतम बर्दियाको बासगढीको त्रिभुवन उच्च माविम मतदान गर्नेछन् ।

माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ : उनको नाम गोरखाको जौबारी गाउँपालिकामा छ । उनले गोरखामा मतदान गर्नेछन् ।

रामबहादुर थापा : चितवनको रत्ननगर नगारपालिका टाँडीमा मतदान गर्नेछन् ।

देव गुरुङ : मनाङको नामस गाउँपालिकामा मतदान गर्नेछन् ।

पम्फा भुषाल : ललातिपुर महानगरपालिकामा मतदान ।

राप्रपा अध्यक्ष कमल थापा : हेटौंडा काट मतदानमा सहभागी हुनेछन् ।

पशुपति शमशेर राणा : सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ बाट मतदान गर्नेछन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव : दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् । उनको नाम सुनसरीको मधुवनमा छ ।

प्रधानन्यायाधीश सुशीला कार्की (विराटनगर) र सभामुख ओनसरी घर्ती मगर (रोल्पा) दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले मतदान नगर्ने भएका छन् । उनको नाम रोल्पाको दुइृखुइले गाउँपालिका २ मा छ । 

राष्ट्रपति बिद्या भण्डारी श्रीलंका भ्रमणमा छिन् । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ