२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिङ्गो वार्डबासीद्वारा स्थानीय निर्वाचन बहिष्कार

२०७४, ३१ बैशाख आईतवार १३:१५

वैशाख ३१, स्याङ्जा । दुई दशक पछि भइरहेको स्थानीय तहको निर्वाचन स्याङ्जामा पनि आइतबार बिहान ७ बजे देखी नै सुरु भई बेलुका ५ बजे सकिएको छ ।

जिल्लाभर चुनाव शान्तिपुर्ण तरीकाले सकिएको बताइएता पनि यहाँको साविक छाङछाङदी गाविस ७ नम्बर सिङ्गो वार्डका स्थानीयबासीहरुले निर्वाचन नै बहिस्कार गरेका छन् । लामो समयपछि भइरहेको स्थानीय तहको निर्वाचनमा अन्य स्थानमा उत्साहपूर्वक मतदाताहरु मतदान स्थल पुगेको भएतापनि यो ठाउँका स्थानीयबासीहरुले आपसमा सल्लाह गरी चुनाव बहिस्कार गरेका हुन । स्थानीय तह पुर्नसंरचना विवादको विषयलाई लिएर चुनाव बहिस्कार गरिएको स्थानीयबासीहरुले बताएका छन् ।

साविकको छाङछाङदी गाविस ७ वाडलाई वालिङ नगरपालिकामा गाभ्न माग गरिरहदा स्थानीय र जिल्ला स्तरका नेताहरुले वालिङमा नै गाभ्न सहमति जनाउदा जनाउदै पनि अन्तिममा गएर भीरकोट नगरपालिकामा गाभेको विषयलाई लिएर चुनाव बहिस्कार गरेको वाड नम्बर ४ का स्थानीय टिएन रेग्मीले जानकारी दिएका छन् ।

हालको भीरकोट नगरपालिका ४ दौ ठाटी माविमा रहेको मतदान केन्द्रमा कुल मतदाता संख्या ४ सय ५५ थियो भने एक सय ७ जनाको मत प्राप्त नभएको स्थानीय रेग्मीले जानकारी दिए । ‘दिनभरी मतदान केन्द्रमा आउछन भनेर पुरै वाडमा स्थानीयहरुलाई खोजी गर्‍यौं तर आएनन्,’ उनले भने, ‘भोट नहाल्नुको मुख्य कारण नेताहरुको झुटो आश्वासन र सिमाङकनको विवाद नै हो ।’

थोरै मतदाता संख्या रहेको यो बुथमा दिउँसो नै सकिएको थियो । ५ बजे सम्म भोट हाल्न आउँछन् की भनेर सवै कुरेर बस्यौं तर सल्लाहले नै कोही पनि नआएको उनले बताए । -इ–कान्पिुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा