2026-07-24 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको पछिल्लो मत परिणाम यस्तो छ, कहाँ कसको कति ?

जेठ १, नवलपरासी । नवलपरासीमा आठ वटा स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा मतगणना कार्य सुरु भएको छ । 

जिल्लाको पहाडी हुम्सेकोट र बङ्दीकाली गाउँपालिकामा बाहेक अन्य सबैमा मतगणना कार्य जारी छ । अन्य छ वटा स्थानीय तहमा गएरातिदेखि नै मतगणना सुरु भएको हो । 

वर्षाका कारण मतपेटीका अबेर जम्मा भएका कारण हुप्सेकोटबाहेक बुङ्दीकाली गाउँपालिकामा मतगणना अहिले बिहानबाट गणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख कैलास केसीले जानकारी दिनुभयो । 

पहिलो चरणको निर्वाचनमा नवलपरासीमा जिल्लामा १५ स्थानीय तहमध्ये प्रदेश नं ४ मा परेका आठ वटा स्थानीय तहमा निर्वाचन भएको थियो । जसअनुसार नगरपालिकातर्फ चार र गाउँपालिकातर्फ चार वटा रहेका छन् । 

नगरपालिकातर्फ, गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र गाउँपालिकातर्फ बुलिङटार, बुङ्दीकाली, हुप्सेकोट, बिनयी त्रिवेणीमा मतदान भएको थियो । 

जसअन्तर्गत गैँडाकोट नगरपालिकामा काँग्रेसबाट प्रमुखका उम्मेदवारले २१४, उपप्रमुखका उम्मेदवारले २२३, नेकपा९एमाले०बाट प्रमुखका उम्मेदवारले २५६ र माओवादीका उम्मेदवारले २४ मत प्राप्त गर्नुभएको छ । 

यस्तै कावासोतीमा काँग्रेसबाट प्रमुखमा ९१, एमालेबाट प्रमुखमा ७८, माओवादीबाट प्रमुखमा पाँच मत प्राप्त गर्नुभएको छ । यस्तै देवचुलीमा काँग्रेसबाट प्रमुखमा ४९९, एमालेबाट प्रमुखमा ४२५, माओवादीबाट प्रमुखमा २६२ मत प्राप्त गर्नु भएको छ यस्तै गैँडाकोटमा काँग्रेसबाट प्रमुखमा २१४, एमालेबाट प्रमुखमा २५६, माओवादीबाट प्रमुखमा २४ मत प्राप्त गर्नुभएको छ यस्तै मध्यबिन्दुमा काँग्रेसबाट प्रमुखमा ११८, एमालेबाट प्रमुखमा १६१, माओवादीबाट प्रमुखमा १५ मत प्राप्त गर्नुभएको छ । 

नवलपरासीको प्रदेश नं ४ मा कुल एक लाख ८६ हजार ८८१ मतदाता सङ्ख्या रहेकोमा करिब ७६ प्रतिशत मतदान भएको थियो । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक