२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको पछिल्लो मत परिणाम यस्तो छ, कहाँ कसको कति ?

१ जेष्ठ २०७४, सोमबार ०३:३१

जेठ १, नवलपरासी । नवलपरासीमा आठ वटा स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा मतगणना कार्य सुरु भएको छ । 

जिल्लाको पहाडी हुम्सेकोट र बङ्दीकाली गाउँपालिकामा बाहेक अन्य सबैमा मतगणना कार्य जारी छ । अन्य छ वटा स्थानीय तहमा गएरातिदेखि नै मतगणना सुरु भएको हो । 

वर्षाका कारण मतपेटीका अबेर जम्मा भएका कारण हुप्सेकोटबाहेक बुङ्दीकाली गाउँपालिकामा मतगणना अहिले बिहानबाट गणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख कैलास केसीले जानकारी दिनुभयो । 

पहिलो चरणको निर्वाचनमा नवलपरासीमा जिल्लामा १५ स्थानीय तहमध्ये प्रदेश नं ४ मा परेका आठ वटा स्थानीय तहमा निर्वाचन भएको थियो । जसअनुसार नगरपालिकातर्फ चार र गाउँपालिकातर्फ चार वटा रहेका छन् । 

नगरपालिकातर्फ, गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र गाउँपालिकातर्फ बुलिङटार, बुङ्दीकाली, हुप्सेकोट, बिनयी त्रिवेणीमा मतदान भएको थियो । 

जसअन्तर्गत गैँडाकोट नगरपालिकामा काँग्रेसबाट प्रमुखका उम्मेदवारले २१४, उपप्रमुखका उम्मेदवारले २२३, नेकपा९एमाले०बाट प्रमुखका उम्मेदवारले २५६ र माओवादीका उम्मेदवारले २४ मत प्राप्त गर्नुभएको छ । 

यस्तै कावासोतीमा काँग्रेसबाट प्रमुखमा ९१, एमालेबाट प्रमुखमा ७८, माओवादीबाट प्रमुखमा पाँच मत प्राप्त गर्नुभएको छ । यस्तै देवचुलीमा काँग्रेसबाट प्रमुखमा ४९९, एमालेबाट प्रमुखमा ४२५, माओवादीबाट प्रमुखमा २६२ मत प्राप्त गर्नु भएको छ यस्तै गैँडाकोटमा काँग्रेसबाट प्रमुखमा २१४, एमालेबाट प्रमुखमा २५६, माओवादीबाट प्रमुखमा २४ मत प्राप्त गर्नुभएको छ यस्तै मध्यबिन्दुमा काँग्रेसबाट प्रमुखमा ११८, एमालेबाट प्रमुखमा १६१, माओवादीबाट प्रमुखमा १५ मत प्राप्त गर्नुभएको छ । 

नवलपरासीको प्रदेश नं ४ मा कुल एक लाख ८६ हजार ८८१ मतदाता सङ्ख्या रहेकोमा करिब ७६ प्रतिशत मतदान भएको थियो । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने