पर्वत । स्थानीय तहको मत गणना शुरु भएसँगै पर्वतमा तीन शीर्ष दलहरुको अनुहारमा पसिना छुट्न थालेका छन् । दुइ नगरपालिका, पाँच गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको पर्वतमा मत गण्नाको प्रराम्भीक नतिजा बाहिर आउन थालेसँगै काँग्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको मत गणना शुरु भएसँगै पर्वतमा तीन शीर्ष दलहरुको अनुहारमा पसिना छुट्न थालेका छन् । दुइ नगरपालिका, पाँच गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको पर्वतमा मत गण्नाको प्रराम्भीक नतिजा बाहिर आउन थालेसँगै काँग्"/>
२०८३, १९ जेष्ठ मंगलवार
पर्बत - PBT

पर्वतका काँग्रेसको मुख हसिलो, एमाले चिन्तित, माओवादी मौन

२०७४, १ जेष्ठ सोमबार ०९:१६

पर्वत । स्थानीय तहको मत गणना शुरु भएसँगै पर्वतमा तीन शीर्ष दलहरुको अनुहारमा पसिना छुट्न थालेका छन् । दुइ नगरपालिका, पाँच गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको पर्वतमा मत गण्नाको प्रराम्भीक नतिजा बाहिर आउन थालेसँगै काँग्रेसको मुख हसिँलो, एमालेको चिन्तित र माओवादी केन्द्रको निराश मौन अबस्थाका अनुहार देखिन थालेको छ ।

सबै तहका केन्द्रहरुमा मत गणना शुरु भएको भएपनि प्रारम्भिक मतगणना सवै तहको प्राप्त हुन सकेको छैन । प्राप्त भएका मतगणनाको प्रारम्भीक नतिजाले नेपाली काँग्रेसको अग्रहता लिएको छ भने एमालेले पिछा गरेको देखिन्छ । त्यस्तै माओवादी केन्द्रको भने खासै सोचजस्तो नतिजा भने आउन सकेको देखिदैन । 

जिल्लामा रहेका कुल ९९ हजार २ सय ४३ मत मध्ये ६९ हजार १ सय ५४ ७५ जनाले मतदानमा सहभागिता जनाएका हुन् । भने ३० हजार भन्दा बढिले मतदानमा सहभागिता नजनाएको पाइएको हो । जस मध्ये महिला ३९ हजार १ सय ९७ र पुरुष २९ हजार ८ सय ७८ जना सहभागि भएका हुन् ।

कुश्मा नगरपालिकामा १७ हजार ६ सय ११, फलेवास नगरपालिकामा १२ हजार ९ सय ७६, मोदी गाउँपालिकामा १० हजार ९ सय ४१ , जलजला गाउँपालिकामा ९ हजार ६ सय ४९ मत खसेका हुन् ।


यसैगरी पैंयु गाउँपालिकामा ६ हजार ८ सय २४, विहादि गाउँपालिकामा ६ हजार २ सय १६ र महाशिला गाउँपालिकामा ४ हजार ८ सय ५८ मत खसेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

पर्वतमा  एमालेले पाइप र काँगे्रसले मतदातालाई फकाउनको लागि चामल बाँडेको आरोप लागेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ