जेठ २, काठमाडौँ | तारकेश्वर नगरपालिका– १ मा वडाध्यक्षसहित नेकपा (एमाले) विजयी भएको छ ।
एमालेका विदुर सापकोटाले ८३९ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशमान सिंह कुँवरले ६७७ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । नेकपा(माओवादी केन्द्र)का भरत भट्टले २८५ मत प्राप्त गर्नुभएको थियो । नगरका निर्वाचन अधिकृत निर्मला योङ्याका अनुसार नगरपालिकाका वडा नं २ र वडा नं ३ को मतगणना जारी छ ।
त्यसैगरी नगरपालिका प्रमुखमा एमालेका रामेश्वर बोहोराले ७८७, काँग्रेसका श्रीराम थापाले ६६६, माओवादी केन्द्रका धनलाल महर्जनले ३०२, राप्रपाका राजकुमार खड्काले ५३ र नयाँ शक्ति पार्टीका वासुदेव फुयाँलले १० मत प्राप्त गर्नुभएको छ । रासस