2026-09-18 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनी नगरपालिकाका चार वडामा एमाले विजयी

जेठ ३, म्याग्दी | बेनी नगरपालीकाका वडा नं ४, ५, ६ र ७ मा नेकपा ९एमाले०का उम्मेदवार निर्वाचित भएका छन् । 

बेनपा–४ को वडा अध्यक्षमा एमालेका गोविन्द पौडेलले ४९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । पौडेलका प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का अणबहादुर खड्का ९भगवान०ले ४२५ र नेपाली काँग्रेसका मिनबहादुर बानियाँले ४०५ मत प्राप्त गर्नुभएको छ । 

सदस्यमा दुर्गा कार्की बानियाँ, जमुना मिजार, खडानन्द कँडेल र देवबहादुर घले निर्वाचित हुनुभएको छ । बेनपा–५ को वडा अध्यक्षमा निर्वाचित एमालेका लक्ष्मण बानियाँले ६९९ मत प्राप्त गर्नुभएको छ । सदस्यमा यामकुमारी पाईजा पुन, रीता दर्जी, तोकबहादुर कार्की र रामप्रसाद सुवेदी निर्वाचित हुनुभएको छ । 

बेनपा–६ को वडा अध्यक्षमा एमालेका कृष्णबहादुर कार्कीले ७२२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायण कार्कीले ३२० मत ल्याउनुभएको छ । वडा सदस्यमा एमालेका सावित्री उपाध्याय, राजकुमारी विश्वकर्मा, गणेशबहादुर शाही र दयासागर शर्मा निर्वाचित हुनुभएको छ । 

वडा नं ७ को अध्यक्षमा एमालेका राजेन्द्र श्रेष्ठले ३३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका रमेश श्रेष्ठले २७९ मत प्राप्त गर्नुभएको । सदस्यमा नेकपा ९माओवादी केन्द्र०का शेरबहादुर केसी, राप्रपाका हरिबहादुर शाक्य, एमालेकी टकसरा राना र शर्मिला पुन किसान निर्वाचित हुनुभएको छ । 

बेनी नगरपालिकाका सातवटा वडाको मतगणना सकिँदासम्म प्रमुखमा एमालेका प्रमोद श्रेष्ठले ४,२६७, काँग्रेसका हरिकुमार श्रेष्ठले चार हजार १३७, उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवालले तीन हजार २८१ र माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले दुई हजार ९९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बेनी नगरपालिकाको वडा नं ८, ९ र १० को मतगणना सकिन बाँकी छ । वडा नं १ मा एमालेका टेकबहादुर रावल, २ मा एमालेका हीराबहादुर थापा र ३ मा स्वतन्त्र उम्मेदवार पदम पुन निर्वाचित हुनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई