३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्वाचनमा धाँधली, गुण्डागर्दी र एमालेमाथि घेराबन्दी भयो’ : ओली

३ जेष्ठ २०७४, बुधबार ०९:४६

जेठ ३, काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि चौतर्फी घेराबन्दी भए पनि स्थानीय तहको निर्वाचनमा सफलता हासिल गरेको बताउनुभएको छ । 

चौबिसौँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सो पार्टीको पुरानो कार्यालय मदननगर, बल्खुमा आयोजित कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि पार्टीले अवलम्बन गरेका नीति तथा विचारले दोस्रो चरणको निर्वाचनमा पनि पार्टीले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । 

अध्यक्ष ओलीले सत्ता गठबन्धनले निर्वाचनमा धाँधली, गुण्डागर्दी र एमालेमाथि घेराबन्दी लगाएको आरोप लगाउँदै भन्नुभयो–“एमालेलाई चुनाव जित्नका लागि होइन, देश बनाउन बहुमत चाहिएको छ ।” 

मदन–आश्रितको हत्याले देशको बामपन्थी आन्दोलनमा क्षति पुगेको र मुलुकले लोकतान्त्रिक विकासक्रममा गति लिन नसकेकाले राजनीतिक अस्थिरता र अन्योलता बढेको उल्लेख गर्दै उहाँले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका आधारमा पार्टीले अहिले सफलता प्राप्त गरेको बताउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो – “कोही मानिस जीवित रहँदा पनि समाजका लागि केही योगदान गर्न सक्दैनन, मदन–आश्रितले जीवनपछि पनि समाजलाई मार्ग निर्देश गरिरहेका छन्,” 

यसअघि मदननगर बल्खुमा अध्यक्ष ओलीलगायत नेता, कार्यकर्ता तथा परिवारका सदस्यले मदन–आश्रितको तस्बीरमा माल्यार्पण गरेका थिए भने विसं २०४८ मा भएको आम चुनावका क्रममा देशका विभिन्न स्थानमा तत्कालीन महासचिव भण्डारीले गरेका महत्वपूर्ण भाषणको श्रव्य सुनाइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट