2026-10-15 07:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी-५ मा एमाले बिजयी, तरिका नजान्दा माओवादीले ४६६ मत गुमायो

अनिल अधिकारी | जेठ ३, धादिङ्ग | धादिङ्गको ज्वालामुखी गाउँपालिका अन्तर्गत ७ वडा मध्ये ५ वडाको मत गणना सकिएको छ | 

पछिल्लो मत गणना अनुसार ज्वालामुखी गाउँपालिका ५ (साविक खरी गाविस) मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद काप्री सहित प्यानलै बिजयी बनेको हो | बिजयी बनेका एमाले उम्मेदवार कृष्ण प्रसाद काप्रीले १२५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका बिष्णु दुवाडीले १०१६ मत प्राप्त गरेका छन् | 

यससंगै ज्वालामुखी गाउँपालिकाबाट एमालेले ३ ओटा वडामा र कांग्रेसले २ ओटा वडामा आफुलाई बिजयी गराएका छन् | 

माओवादीले ४६६ मत गुमायो  

यता गाउँपालिका उपाध्यक्ष पदमा कांग्रेस र माओवादी तालमेल गरिएकोमा हालसम्म माओवादी केन्द्रका उम्मेदवार बिष्णु श्रेष्ठ केहि मतले अग्रता लिएका छन् | खरी (ज्वालामुखी-५) मा मतदाता भुलिने डरले कांग्रेसले तालमेल अनुसार उपाध्यक्ष पदमा माओवादीलाई भोट दिनुपर्छ भन्ने सिकाएन | जसको कारण केहि जान्ने बुझ्नेले माओवादीलाई मत दिएपनि ४६६ जना मतदाताले रुखमै मतदान गरे | आफ्नो कुनै उम्मेदवार नभएको अवस्थामा तालमेल अनुसार उपाध्यक्ष पदको मत माओवादीलाई दिनुपर्ने हो तर तरिका नजान्दा कांग्रेसको आधाजसो मत माओवादीलाई गएन | 

गाउँपालिका अन्तर्गतका अन्य वडाबाट गतिलो मत पाएको माओवादी केन्द्रका उम्मेदवार बिष्णु श्रेष्ठ ज्वालामुखी ५ को तालमेल मतले निकै माथि हुन सक्थे तर सोचेजति मत नहुँदा एमालेकि प्रतिद्वन्दी जानुका सिंखडाभन्दा केहि अग्रतामा मात्र रहेक छन् | अब वडा नम्बर ६ र ७ को मत गणना हुन बाँकी छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने