उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल ३ हजार ७ सय २३ मत प्राप्त गरी विजयी भएका छन् । गएराति अबेर सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै मल्ल विजयी हु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल ३ हजार ७ सय २३ मत प्राप्त गरी विजयी भएका छन् । गएराति अबेर सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै मल्ल विजयी हु"/>
३ पुष २०८२, बिहीबार
पर्बत - PBT

पर्वतको जलजलामा कांग्रेसका मल्ल विजयी

४ जेष्ठ २०७४, बिहीबार ०६:५५

उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल ३ हजार ७ सय २३ मत प्राप्त गरी विजयी भएका छन् । गएराति अबेर सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै मल्ल विजयी हुनुभएको हो । अधिकारीले तीन हजार ७८ मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराम कार्कीले एक हजार ९२१ मत पाएका छन् । उपाध्यक्षमा पनि नेपालीकांग्रेस सीमा पुन विजयी भएकी छन् । उनी ३ हजार ७८३ मत ल्याएर विजयी भएकी हुन् ।


एमालेका अनिता शर्माले ३ हजार ६५७ र नेकपा माओवादी केन्द्रका सीता मल्लले एक हजार ५९४ मत प्राप्त गरे । यो गाउँपालिकाका वडा नम्बर २, ३, ४ र ८ मा कांग्रेस, र वडा नम्बर ७ र ९ मा नेकपा माओवादी केन्द्र तथा वडा नम्बर १, ५ र ६ मा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् ।


वडा नम्बर १ मा तुलसीराम रेग्मी, २ मा गोविन्द खत्री, ३ मा देवीन्द्रबहादुर भण्डारी, ४ मा भीष्म मल्ल, ५ मा तिलक जिसी, ६ मा हमबहादुर फकामी, ७ मा टुङ्गनाथ आचार्य, ८ मा हरिविकास जिसी र ९ मा गौबहादुर पुन वडाध्यक्षमा चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट