2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा तीन वामपन्थी दलबीच राजनैतिक तथा बैचारिक अन्तरक्रिया

जेठ ५, नवलपरासी | नवलपरासीको बर्दघाट नगरपालिकामा क्रियाशिल तीन वामपन्थी दलबीच राजनैतिक बैचारिक अन्तरक्रिया शुक्रवार बर्दघाट ४ दिब्यनगरमा भएको छ ।

नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र नेकपा माक्र्सवादीका अगुवा नेता कार्यकर्ताबीच भएको अन्तरक्रियामा कुनै पनि काम गर्दा बैचारिक रुपले गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा बाम तथा प्रगतिशिल शक्तिहरुबीच जनवादी एकता आवश्यक रहेकोमा बक्ताहरुले जोड दिनुभएको थियो । कार्यक्रममा  जनवादी क्रान्तिको तयारीका निन्ति कार्यगत एकता आवश्यक रहेकोले कार्यनितिक बिषयमा छलफल गर्नुपर्ने बताइएको थियो । 

कार्यक्रममा  नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अशोक लम्साल, राष्ट्रिय जनमोर्चाका  जिल्ला अध्यक्ष रेम राना, नेकपा मार्क्सवादीका केन्द्रीय नेता जयप्रकाश नेपाल लगायतले बैचारिक राजनैतिक एकतामा जोड दिर्दै कार्यगत

एकता गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रममा  देजमोका जिल्ला उपाध्यक्ष चुणामणि भण्डारी,  देजमोका बर्दघाट नगरका मेयर उम्मेदवार छविलाल खरेल नगर अध्यक्ष राजुप्रसाद खनाल रामचन्द्र पोखरेल, राष्ट्रिय जनमोर्चाका गणेश आचार्य, ढुण्डिराज पोखरेललगायतले समेत बोल्नुभएको थियो । कार्यक्रम छविलाल खरेलको अध्यक्षतामा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते