२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्याङ्जाका सातवटामा एमाले, चारवटामा काँग्रेस विजयी

५ जेष्ठ २०७४, शुक्रबार १२:१९

जेठ ५, वालिङ | स्याङ्जाका एघार वटा स्थानीय तहमध्ये सात वटामा नेकपा एमाले र चारवटामा नेपाली काँग्रेस विजयी भएका छन् । 

एमालेले स्याङ्जाका पुतलीबजार र गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, हरिनास, बिरुवा तथा कालीगण्डकी गाउँपालिकामा विजय प्राप्त गरेका छन् भने काँग्रेसले वालिङ, भीरकोट र चाँपाकोट नगरपालिकासहित अर्जुनचौपारी गाउँपालिकामा विजय प्राप्त गरेका छन् । 

एमालेबाट पुतलीबजार नगरपालिकाको प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखमा एमालेकै महेश पुरी तथा गल्याङ नगरपालिकाको प्रमुखमा एमालेकै भुपराज अधिकारी र उपप्रमुखमा सोहि पार्टीका देवी थापा विजयी भएका छन् । 

त्यस्तै एमालेबाट आँधीखोला गाउँपालिकाको अध्यक्षमा सुधीरकुमार पौडेल, उपाध्यक्षमा शर्मिला पौडेल, फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी र उपाध्यक्षमा देवी थापा, हरिनाशको अध्यक्षमा खिमनारायण मानन्धर र उपाध्यक्षमा झनिमाया पराजुली, बिरुवाको अध्यक्षमा चुनप्रसाद शर्मा र उपाध्यक्षमा देवीकुमारी थापा, कालीगण्डकीको अध्यक्षमा खिमबहादुर थापा र उपाध्यक्षमा सावित्रा कोइराला तथा अर्जुनचौपारीको उपाध्यक्षमा चीनमाया गुरुङ विजयी हुनुभएको छ । 

काँग्रेसबाट वालिङ नगरपालिकाको प्रमुखमा दिलीपप्रताप खाँण र उपप्रमुखमा कल्पना तिवारी, भीरकोट नगरपालिकाको प्रमुखमा छायाराम खनाल र उपप्रमुखमा सीमा कर्माचार्य क्षेत्री तथा चापाकोट नगरपालिकाको प्रमुखमा शिवकुमार गिरी र उपप्रमुखमा विमला श्रेष्ठ विजयी भएका छन् । 

त्यस्तै काँग्रेसवाटै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षमा दीर्घनारायण अर्याल विजयी हुनुभएको छ । 

एघारवटा स्थानीय तह तथा ९७ वटा वडा रहेको स्याङ्जामा नेकपा एमालेले नगरपालिका तथा गाउँपालिकाको प्रमुख÷अध्यक्षमा सात, उपाध्यक्षमा आठ र वडाध्यक्षमा ५७ मा विजयी भएको छ । नेपाली काँग्रेस प्रमुख÷अध्यक्ष चार, उपाध्यक्ष तीन र वडाध्यक्ष ३९ मा विजयी भएको छ भने नेकपा माओवादी केन्द्र एउटा वडामा विजयी भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ