२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड र अर्थमन्त्री महराद्वारा रोल्पाली जनतालाई फेरी धोका

२०७४, ६ जेष्ठ शनिबार ०६:३४


जेठ ६, रोल्पा । राज्यको बिकास योजनाबाट संधै उपेक्षा गरिने जनयुद्दको उद्गम थलो रोल्पा र रोल्पाली जनता बर्तमान माओवादीको गठबन्धन सरकारबाट पुनः आर्को पटक धोका पाएका छन् । 

देशमा स्थानीय चुनाव नजिकिदै गर्दा २०७३ फाल्गुन ६ गते रोल्पा महोत्सव कार्यक्रममा पुगेका बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बर्तमान अर्थ मन्त्रि कृष्णबहादुर महराले सडक बिकाश र बिस्तारका लागि सार्बजानिक घोषणा गरेको १५ करोड सडक बजेट कटाईएको छ । लिवाङ, माडीचौर, जिनाबाङ सम्मको साढे ७२ किलोमिटर सडक योजनाको १५ करोड कटौती भएपछी प्रधानमन्त्री प्रचण्ड द्वारा फेरी आर्को पटक धोका भएको हो।

१५ करोड बजेटको योजना बहुबर्षीय सम्झौतागर्न मिल्ने कानुन सम्बद्ध भएको तर हालसम्म अर्थमन्त्रालयबाट कार्यन्वयन गर्न सडक विभागलाई पत्र समेत नकाटेर विभिन्न षड्यन्त्रका बापजुत योजना कटाइएको छ ।

अप्ठेरो पर्दा रोल्पालाई सम्झने प्रधानमन्त्री प्रचण्डले केहि समय पहिले रोल्पा महोत्सव उद्घाटन कार्यक्रममा रोल्पाको बिकासकालागि बजेटको फेहरिस्त सुनाएका थिए । उनले रोल्पामा १ सय १३ सडक निर्माणका लागि ४२ करोड रकम छुट्याइएको रोल्पा महोत्सवको मंचबाटै सार्बजनिक घोषणा गरेका थिए। साथै अन्य स्वस्थ शिक्षा लगातका योजनाहरु पनि सविस्तार गरेका थिए ।

उक्त ४२ करोड लागतको सडक निर्माण योजना अन्तगर्त ‘लिवाङ –माडीचौर -जिनाबाङ सडक रोल्पा’ योजनाको लागि मात्रै १५ करोड बजेट छुट्टयाइएको थियो । बहुबर्षीय सम्भावित रणनैतिक सडकको बजेट उप शिर्षक नम्बर ३३७३३५-४ मा बजेट छुट्याइ डिटेल सर्बे समेत भइसकेको थियो । 

लिवाङ देखि जिनाबाङ सम्मको सडक बाटोमा राजनीतिक चलखेल र चुनावका कारण कटौती भएको छ । उक्त चलखेलमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्रि कृष्ण महारा समेतको हात रहेको स्रोतले बताएको छ ।

१० बर्षे जनयुद्दमा रोल्पाली जनताको त्याग तपस्या र बलिदानीद्वारा पुष्पकमल दाहाल प्रचण्डलाई पहिलोपटक रोल्पाली जनताले चुनावमा भोट हालेर जिताएका थिए तर अर्थमन्त्रि कृष्णबहादुर महाराको गृहजिल्ला राज्यको बिकास योजनाबाट संधै उपेक्षित हुने गरेको छ । 

अहिले देशकै दुई सम्मानीय पद उपराष्ट्रपति र सभामुख जस्तो गरिमामय पदमा रोल्पालीहरु विराजमान छन् । जनयुद्दका सैन्य कमान्डर पासाङ उर्फ नन्द बहादुर पुन उपराष्ट्रपति पदमा र रोल्पाली छोरी "उषा" उर्फ ओनसरी घर्ति सभामुख जस्तो गरिमामय पदमा सवार गरिरहेका छन् । वर्तमान देशले रोल्पाली होनहार नेताहरु लाम लगाएको छ, तर बिकासका लागि छुट्याइएको बजेटलाई रोल्पा नपुग्दै हराईन्छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजैदेखि धोका दिंदै आएको रोल्पाली जनगुनासो त छदैछ तर यसपाली भने आफ्नै रोल्पाली सुपुत्र तथा अर्थमन्त्री कृष्ण बहादुर महरा समेतले रोल्पाली जनतालाई बजेट भ्रम पार्दै पुनः धोका दिएको जन गुनासो बिस्तारै बढ्दै गैरहेको छ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ