महेन्द्र केसी पर्वतमा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र शून्य जस्तै देखिएको छ । दुइ नगरपालिका र पाँच गाउँपालिका सहित सात वटा स्थानीय तह रहेको पर्वत जिल्लामा माओवादीले कुनै पनि तहमा सफल हुन सकेन । प्रदेश ४ माओवादीको क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वतमा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र शून्य जस्तै देखिएको छ । दुइ नगरपालिका र पाँच गाउँपालिका सहित सात वटा स्थानीय तह रहेको पर्वत जिल्लामा माओवादीले कुनै पनि तहमा सफल हुन सकेन । प्रदेश ४ माओवादीको क"/>
३ पुष २०८२, बिहीबार
पर्बत - PBT

पर्वतमा किन भयो माओवादी केन्द्र ‘शून्य’ ?

७ जेष्ठ २०७४, आईतवार ०२:१०

महेन्द्र केसी पर्वतमा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र शून्य जस्तै देखिएको छ । दुइ नगरपालिका र पाँच गाउँपालिका सहित सात वटा स्थानीय तह रहेको पर्वत जिल्लामा माओवादीले कुनै पनि तहमा सफल हुन सकेन । प्रदेश ४ माओवादीको कमजोर क्षेत्रमा गनिन्छ तर धौलागिरी अंचललाई आधार मान्ने हो भने  पर्वत जिल्लामा माओवादी निकै कमजोर देखिएको छ ।

पर्वत जिल्लामा सात स्थानीय तहका ६१ वटा वडामध्ये चार वडामा आफ्नो स्थान ओगट्न सफल भएको माओवादी केन्द्र उच्च पदमा शुन्य र पत्तासाफ जस्तै देखिएको छ । चुनाव प्रचारको बेलामा निकै आक्रमक देखिएको माओवादीको नतिजा हेर्दा पार्टीभित्रै आन्तरघात भएको सहज अन्दाज लगाउन सकिने देखिएको छ ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले जिल्लाको एउटा तहमा पनि जित हासिल गर्न सकेन । वडा तहमा सिमित बनेको माओवादी नेतृत्व नैतिक संकटमा परेको छ । चुनाव प्रचारप्रसारमा जिल्लामा दुइ स्थानीय तह स्वतह विजयी हुने अड्कलबाजी गरेको माओवादी पराजय हुनु र कुनै पनि तहमा प्रमुख वा उपप्रमुख पदमा विजयी नहुनु माओवादीको लागि गम्भीर चुनौती बनेको छ । माओवादी केन्द्र जिल्लामा कमजोर हो वा पार्टी भित्रबाटनै कमजोर बनाइयो यस विषयमा यतिबेला माओवादी केन्द्र आन्तरिक बहस र नतिजाको समिक्षामा जुट्नुपर्ने बेला आएको छ । पहिलो, दोस्रो संविधानसभाको चुनावमा जितको नजिक पुगेर हार व्यहोरेको माओवादी एकाएक आफ्नै सरकार भएको बेलामा स्थानीय तहमा वडामा सिमित हुनु पार्टी सुदृढिकरणको विषय पनि बनेको छ ।

माओवादी केन्द्रका चर्चित नेताहरु समेत स्थानीय तहको चुनावमा पराजय भोगेका छन् भने उनीहरुको वडामा समेत नराम्रो हार माओवादीले व्यहोरेको छ । पाँच गाउँपालिका रहेको मुस्ताङमा तीन स्थानीय तहमा काँग्रेस विजयी भएको छ भने एक मा एमाले र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । त्यस्तै म्याग्दीमा चार स्थानमा काँग्रेसको जीत भएको छ भने दुइ स्थानमा एमालेले जित हासिल पारेको छ । यता बाग्लुङमा ९ स्थानीय तहमध्ये एक स्थानमा माओवादी केन्द्रले जीत हासिल पारेको छ एक स्थानमा जनमोर्चाले जित हासिल पारेको छ । ताराखोला गाउँपालिकाका सवै वडाहरु माओवादीले कब्जा गरेको छ । भने बोरङ गाउँपालिकामा प्रमुख र काठेखोला गाउँपालिकामा उप्रमुख पद आफ्नो कोल्टोमा पारेको छ । अन्यमा काँग्रेस अगाडि र एमाले पछाडि देखिन्छ ।

धौलागिरीमा जनमोर्चाले दुई स्थानीय तहमा आफ्नो निर्णायक भूमिका निर्वाह गर्नको लागि सक्षम भयो तर माओवादी धौलागिरीमा एक स्थानमा मात्रै आफ्नो बर्चश्व कायम राख्न सफल भयो । पर्वतमा मात्रै नभई धौलागिरीमानै माओवादी केन्द्र कमजोर रहेको स्थानीय तहको चुनावले संकेत गरेको छ । पार्टीभित्रको आन्तरिक फुट र विभाजनले सानो हुदै गएको माओवादीलाई स्थानीय तहको चुनावले थप सानो भएको पुष्टि गरिदिएको छ ।


माओवादीभित्रको बैचारिक तालमेलका साथै नागरिकसँगको सामिप्यता नहुनुनै पराजय हुनुको मुख्य कारक मानिएको छ । माओवादीका एजेण्डा सहि भएता पनि सोही अनुसार चुनाव प्रचारप्रसारमा पार्टी लाग्न नसक्नु, आफ्ना एजेण्डा र कार्यदिशा स्पष्ट रुपमा जनतासामु राख्नु नसक्नु र चुनावको प्रचारप्रसारको अबधीमा प्रचारमा लाग्नुको सट्टा संयुक्त एलायन्समा जाने सोचका साथ काँग्रेस र एमालेसँग बार्तामा लाग्नुले पनि जिल्लामा माओवादीको नराम्रो पराजय व्यहोर्न परेको देखिन्छ ।


काँग्रेसले एमालेसँग माओवादीको एलायन्स नहोस् र एमालेले काँग्रेससँग एलायन्स नगरोस भन्ने सोचका साथ माओवादीलाई चुनाव प्रचारप्रसार अबधीभर रुमलेर राखेता पनि माओवादीले त्यसलाई बुझ्न नसक्नु र सोही अनुुसार लाग्नुले पनि पराजय व्यहोर्न परेको माओवादी केन्द्र पर्वतका विश्लेषकहरु बताउँछन् । माओवादीले जिल्लामामा राम्रो नतिजा ल्याउन नसक्नुका तीन कारण पनि औंल्याएका छन् । ‘माओवादी केन्द्र पर्वतमा कमजोर नै हो । बाहिरबाट आएकाहरु सदस्य भए पनि स्थानीय सदस्य कम रहे’ जसमा, ‘त्यसमा पनि सक्रियता रहेन ।’ दोस्रो कारण संघीयता, गणतन्त्र लगायतका पार्टीका एजेण्डा स्थपित गर्न नसक्नु रहेको अर्को कमजोरी देखिएको छ ।


मत नआउनुको कारण पार्टी नेतृत्वको असहयोगी भूमिका रहेको देखिन्छ । आफ्ना कार्यकर्ताहरुलाई पार्टी भित्र कुनै भूमिकामा राख्न नसक्नु र अनुशासनको परिधिमा कैद गर्न नसक्नुले पनि माओवादी केन्द्रलाई पर्वतमा ठूलो धक्का पु¥याएको छ । उम्मेदवारी दर्तापछि पर्वतमा कांग्रेस र माओवादीबीच तालमेल भएको खबरहरु बाहिर आए जसले गर्दा जिल्लामा माओवादीको नतिजा कमजोर गराउनको लागि प्रेरित ग¥यो ।


माओवादीले गाउँगाउँमा आफ्नो एजेण्डाहरु स्पष्टरुपमा राख्न नसकेको देखिन्छ । चुनावी प्रचारप्रसारका बेलामा एलान्यसका नाउमा कार्यकर्तालाई परिचालन गर्नुको सट्टा गोप्य मिटिङमा व्यवस्त बनेका माओवादी केन्द्रका नेताहरु त्यसैका कारण यतिबेला टाउँको समाउन बाध्य भएका छन् ।


पटकपटक सरकारको नेतृत्व गरेता पनि समग्र जिल्लाको विकासकालागि गतिलो उदाहरण दिन भने माओवादी केन्द्रले सकेको देखिदैन । गरेका कामहरुको पनि प्रचारप्रसार गर्न नसक्नु र मिडियाँसगको सम्बन्ध सुमधुर बनाउन नसक्ने माओवादी केन्द्रको कमजोरी देखिन्छ । चुनाव अबधिमा जतिपनि कामहरु भए ति कामहरुको प्रचारप्रसारका पार्टी नेतृत्वपंक्ति जुट्न नसक्नुले पनि पार्टीलाई हारको नजिक पु¥याएको स्पष्ट आंकलन गर्न सकिन्छ । अन्य राजनीतिक दलहरुले तिललाई पनि पहाड बनाउन र मिडियाको राम्रो प्रयोग गर्न सक्षम देखिए तर माओवादी आफूले गरेका कामहरुपनि मिडियामार्फत गर्बका साथ भन्न र जनताका सामु पु¥याउने भने सकेन ।


माओवादी र एमालेको पर्वतमा तालमेल हुन सक्थ्यो तर माओवादी केन्द्रले आफ्ना कार्यकता र हैसियत भन्दा ठूलो पद खोजेका कारण पनि जिल्लामा पत्तासाफ जस्तै पराजय व्यहोर्नु परेको देखिएको छ । चार स्थानमा विजयी हासिल गरेको एमाले जिल्लाको ठूलो पार्टी बनेको छ । १३३ सदस्य सहित एमाले बहुमतमा जिल्लामा उभिएको छ भने काँग्रेस दोस्रो पार्टी बनेको छ । क्षेत्र नं १ काँग्रेसका किल्लाका रुपमा गनिदै आएको थियो । चार पटकसम्म यहि क्षेत्रबा ट सांसद अर्जुनप्रसाद जोशीले जित पनि हासिल गरेका छन् तर स्थानीय तहमा काँग्रेसको गणका रुपमा रहेका वडाहरुमा एमालेको जीत भएको देखिन्छ । यसले काँग्रेसलाई समेत ठूलो धक्का दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता