दिनेश ठकुल्ला | जेठ ८, धनगढी | धनगढी उपमहानगरपालिकाको बुद्ध चौक नजिक आईतवार राती एक दम्पतीको हत्या भएको छ । पुख्यौली घर डोटीको शिखर नगरपालिका भई हाल धनगढी उपमहानगरपालि,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | जेठ ८, धनगढी | धनगढी उपमहानगरपालिकाको बुद्ध चौक नजिक आईतवार राती एक दम्पतीको हत्या भएको छ । पुख्यौली घर डोटीको शिखर नगरपालिका भई हाल धनगढी उपमहानगरपालि,"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मित लाउने बाहानामा एक दम्पतीको हत्या, ७ जना पक्राउ (नाम सहित)

८ जेष्ठ २०७४, सोमबार ०७:४९

दिनेश ठकुल्ला | जेठ ८, धनगढी | धनगढी उपमहानगरपालिकाको बुद्ध चौक नजिक आईतवार राती एक दम्पतीको हत्या भएको छ । पुख्यौली घर डोटीको शिखर नगरपालिका भई हाल धनगढी उपमहानगरपालि, ७ बुद्धचौकमा बस्दै आएका ७५ वर्षिय बद्री प्रसाद जोशी र उहाकी श्रीमति कुन्तीको हत्या भएको हो । 

आफ्नै घरमा सुतिरहेको अवस्थामा जोशी दम्पतीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले बताउनुभयो । स्थानीयले खवरपछि घटनास्थल पुगेको प्रहरीले ताला लगाएको अवस्थामा मृत फेला पारेको थियो । 

जोशी फुलवारीको विद्यालयका पुर्व शिक्षक हुन । उहा शिक्षकबाट अवकाश पाएर पेन्सन खाईरनुभएको थियो । जोशी दम्पतीको हत्याको आरोपमा ७ जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक चन्दले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुलाई सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा बझाङको थलारा गाउपालिका, ३ का ५१ वर्षका कलक बटाला, ५० वर्षिया चन्द्रकला बटाला, कञ्चनपुरको पुनर्वास नगरपालिका, ११ अमरबस्ती बस्ने १८ वर्षिया समिक्षा साउद, ४६ वर्षका जमुना साउद, ५९ वर्षका रन्तला साउद रहेका छन । त्यस्तै, बझाङको थलारा गाउपालिका, ३ का २० वर्षकी पुजा बटाला, १२ वर्षिया सिमान धामीलाई पक्रार गरि सोधपुछ भईरहेको छ । 

प्रहरीका अनुसार पक्राउ परेका पुजा बटालाकी आमासँग जोशी दम्पतीले मित लगाएका थिए । पक्राउ परेकी पुजाकी आमाले जोशीकी पत्नी कलावतीसग मित लगाएका थिए । 

मित लगाएको र घर आफ्नो नाममा गरिदिएको खुसीयालीमा पक्राउ परेकालाई पुजाकी आमाले पार्टी खान बोलाएकी हुन् । आईतवार दिउसो जोशीले घर आफ्नो नाममा गराई दिएको र साझ मित लगाउने भन्दै पुजाकी आमाले आफन्तलाई बोलाएको बुझिएको छ । तर, पार्टी खान बोलाउने पुजाकी आमा र मामा साझ जोशीको घरमा थिएनन । उनीहरु अझै फरार छन । 

मृतक जोशीको घरमा भाडामा बस्दै आएका गदरीयाका भागिराम चौधरीले आईतवार राति ८ बजेतिर २० देखि ३० जनाको समुहले खसी काटेर पार्टी खाएको बताउनुभयो । चौधरीका अनुसार उनीहरुले रातिको १२ बजेसम्म नाचगात तथा देउडा खेलेका थिए । 

हत्या गरिएको जोशी दम्पतीका एक्ला छोरा स्पेनमा हुनुहुन्छ भने ४ वटै छोरीको विहे भईसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु