दिनेश ठकुल्ला | जेठ ८, धनगढी | धनगढी उपमहानगरपालिकाको बुद्ध चौक नजिक आईतवार राती एक दम्पतीको हत्या भएको छ । पुख्यौली घर डोटीको शिखर नगरपालिका भई हाल धनगढी उपमहानगरपालि,"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | जेठ ८, धनगढी | धनगढी उपमहानगरपालिकाको बुद्ध चौक नजिक आईतवार राती एक दम्पतीको हत्या भएको छ । पुख्यौली घर डोटीको शिखर नगरपालिका भई हाल धनगढी उपमहानगरपालि,"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मित लाउने बाहानामा एक दम्पतीको हत्या, ७ जना पक्राउ (नाम सहित)

२०७४, ८ जेष्ठ सोमबार ०७:४९

दिनेश ठकुल्ला | जेठ ८, धनगढी | धनगढी उपमहानगरपालिकाको बुद्ध चौक नजिक आईतवार राती एक दम्पतीको हत्या भएको छ । पुख्यौली घर डोटीको शिखर नगरपालिका भई हाल धनगढी उपमहानगरपालि, ७ बुद्धचौकमा बस्दै आएका ७५ वर्षिय बद्री प्रसाद जोशी र उहाकी श्रीमति कुन्तीको हत्या भएको हो । 

आफ्नै घरमा सुतिरहेको अवस्थामा जोशी दम्पतीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले बताउनुभयो । स्थानीयले खवरपछि घटनास्थल पुगेको प्रहरीले ताला लगाएको अवस्थामा मृत फेला पारेको थियो । 

जोशी फुलवारीको विद्यालयका पुर्व शिक्षक हुन । उहा शिक्षकबाट अवकाश पाएर पेन्सन खाईरनुभएको थियो । जोशी दम्पतीको हत्याको आरोपमा ७ जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक चन्दले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुलाई सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा बझाङको थलारा गाउपालिका, ३ का ५१ वर्षका कलक बटाला, ५० वर्षिया चन्द्रकला बटाला, कञ्चनपुरको पुनर्वास नगरपालिका, ११ अमरबस्ती बस्ने १८ वर्षिया समिक्षा साउद, ४६ वर्षका जमुना साउद, ५९ वर्षका रन्तला साउद रहेका छन । त्यस्तै, बझाङको थलारा गाउपालिका, ३ का २० वर्षकी पुजा बटाला, १२ वर्षिया सिमान धामीलाई पक्रार गरि सोधपुछ भईरहेको छ । 

प्रहरीका अनुसार पक्राउ परेका पुजा बटालाकी आमासँग जोशी दम्पतीले मित लगाएका थिए । पक्राउ परेकी पुजाकी आमाले जोशीकी पत्नी कलावतीसग मित लगाएका थिए । 

मित लगाएको र घर आफ्नो नाममा गरिदिएको खुसीयालीमा पक्राउ परेकालाई पुजाकी आमाले पार्टी खान बोलाएकी हुन् । आईतवार दिउसो जोशीले घर आफ्नो नाममा गराई दिएको र साझ मित लगाउने भन्दै पुजाकी आमाले आफन्तलाई बोलाएको बुझिएको छ । तर, पार्टी खान बोलाउने पुजाकी आमा र मामा साझ जोशीको घरमा थिएनन । उनीहरु अझै फरार छन । 

मृतक जोशीको घरमा भाडामा बस्दै आएका गदरीयाका भागिराम चौधरीले आईतवार राति ८ बजेतिर २० देखि ३० जनाको समुहले खसी काटेर पार्टी खाएको बताउनुभयो । चौधरीका अनुसार उनीहरुले रातिको १२ बजेसम्म नाचगात तथा देउडा खेलेका थिए । 

हत्या गरिएको जोशी दम्पतीका एक्ला छोरा स्पेनमा हुनुहुन्छ भने ४ वटै छोरीको विहे भईसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे