2026-09-19 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पुराना राजनीतिक शक्तिबाट मुलुकको निकास र सम्बृद्धि नहुने: बाबुराम भट्टराई

जेठ ८, कञ्चनपुर | नयाँ शक्ति पार्टी नेपालले भि.न.पा.को संविद्यान चौकमा आज सोमबार वृहत कार्यक्रम गरेको छ । भिमदत्त नगरपालिकाको मेयरको लागि नयाँ शक्ति पार्टी नेपालको तर्फ बाट चुनावमा होमिएकी माया नेगीको प्रचार प्रसारको क्रममा पुर्व प्रम बाबुराम भट्टराई सोमबार विहान कञ्चनपुरको पुर्नवास नगरपालिका ८ जनकवस्तीमा ‘घ’ गाउँ कार्गिल डाँडा, आनन्द बजार हाल शहिद गोबिन्द बजार गई सहित गाविन्द गौतमको घर र घाईते परिवारलाई भेटि कञ्चनपुर आएका थिए ।

उनले अहिले भएको निर्वाचनको परिणाम जस्तो भए पनि आफ्नो पार्टीले जितेको । आफु स्थानिय तहको चुनावको लागि मात्र भोट माग्न नआएको र आफ्नो पार्टीको धारणा र पार्टीको उद्देश्य जनतासामु राख्न आएको बताएका थिए ।  आधार भुत परिवर्तनको लागि पुराना शक्तिले गर्न नसक्ने भएकाले नयाँशक्ती पार्टीको उदय भएको, राजाको निंरकुशतन्त्र हटाउन आफुले जनयुद्ध गरेको र राजतन्त्र हटाएको साथै नेपाललाई २५ बर्षमा संसारकै धनी मुलुक बनाउने बताउनुभएको छ । सोमबार नयाँ शक्ति पार्टी नेपाल ७ नम्बर प्रदेशले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताउनु भएको हो । नयाँ शक्तिलाई चुनावमा विजय गराएर नेपालमा प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपती बनाए, नयाँ शक्तिले नेपाललाई २५ बर्षमै धनी मुलुक बनाउने महोत्वाकाँक्षी योजना अघि सारेका छन् । ठुल दलका नेताहरुले समुदाय फुटाउने काम गरेको आरोप लगाए । सुदूर, पुर्व, मधेशी थारुका नामबाट नेताहरुले स्वार्थ सिद्ध गर्न बाहेक कुनै पनि काम नगरेकोले उक्त क्षेत्रहरु उत्पिडनमा परेको भट्टराईको दावि छ । मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै भ्रष्टाचार र चुनाव विच सम्बन्ध रहेको बताए । ‘भ्रष्टाचार बाट कमाएको पैशा चुनावमा प्रयोग गरिन्छ, ‘पुर्व प्रधानमन्त्री भट्टराईले भने, ‘त्यस्तै क्र्मबाट मुलुकमा अनियमिता बढ्दै गएको छ ।’ 

आफ्नो टाउकाको मुल्य तोक्नेसंग माओवादीले साँठगाठ गरिरहेको भन्दै उनले ठुला दल सत्ताका लागि विदेशी सामु लम्पसार भएको आरोप समेत लगाएका छन् । नयाँ शक्तिलाई घेराबन्दीमा राखेको गुनासो पोख्दै अर्काको चुनाव चिन्हमा स्थानीय तहको चुनावमा भाग लिएको बताए । ‘हामीलाई चुनाव चिन्ह दिएन्, ‘उनले भने, ‘हामीसंग समय रहेन्, अर्काको चुनाव चिन्हमा भाग लिनका छौँ । पुराना राजनीतिक शक्तिबाट मुलुकको निकास र सम्बृद्धि नहुने भन्दै वैकल्पिक नयाँ शक्ति खोजेको स्पष्ट पार्नुभयो । चुनावी सभामा नयाँ शक्तिका तर्फबाट भीमदत्त नगरपालिकाकी मेयरकी उमेद्बार माया नेगी, चर्चित नायिका तथा नयाँ शक्तिकी नेतृ कसिस्मा मानन्धर, नयाँ शक्ति ७ नम्बर प्रदेशका उत्प्रेरक भीम कडायत, सांसद गंगा चौधरी, नयाँ शक्तिकी सह–संयोजक दुर्गा सोब लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालक नयाँ शक्तिका कञ्चनपुर सह–संयोजक जनक साउदले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता