२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पुराना राजनीतिक शक्तिबाट मुलुकको निकास र सम्बृद्धि नहुने: बाबुराम भट्टराई

८ जेष्ठ २०७४, सोमबार १५:१३

जेठ ८, कञ्चनपुर | नयाँ शक्ति पार्टी नेपालले भि.न.पा.को संविद्यान चौकमा आज सोमबार वृहत कार्यक्रम गरेको छ । भिमदत्त नगरपालिकाको मेयरको लागि नयाँ शक्ति पार्टी नेपालको तर्फ बाट चुनावमा होमिएकी माया नेगीको प्रचार प्रसारको क्रममा पुर्व प्रम बाबुराम भट्टराई सोमबार विहान कञ्चनपुरको पुर्नवास नगरपालिका ८ जनकवस्तीमा ‘घ’ गाउँ कार्गिल डाँडा, आनन्द बजार हाल शहिद गोबिन्द बजार गई सहित गाविन्द गौतमको घर र घाईते परिवारलाई भेटि कञ्चनपुर आएका थिए ।

उनले अहिले भएको निर्वाचनको परिणाम जस्तो भए पनि आफ्नो पार्टीले जितेको । आफु स्थानिय तहको चुनावको लागि मात्र भोट माग्न नआएको र आफ्नो पार्टीको धारणा र पार्टीको उद्देश्य जनतासामु राख्न आएको बताएका थिए ।  आधार भुत परिवर्तनको लागि पुराना शक्तिले गर्न नसक्ने भएकाले नयाँशक्ती पार्टीको उदय भएको, राजाको निंरकुशतन्त्र हटाउन आफुले जनयुद्ध गरेको र राजतन्त्र हटाएको साथै नेपाललाई २५ बर्षमा संसारकै धनी मुलुक बनाउने बताउनुभएको छ । सोमबार नयाँ शक्ति पार्टी नेपाल ७ नम्बर प्रदेशले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताउनु भएको हो । नयाँ शक्तिलाई चुनावमा विजय गराएर नेपालमा प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपती बनाए, नयाँ शक्तिले नेपाललाई २५ बर्षमै धनी मुलुक बनाउने महोत्वाकाँक्षी योजना अघि सारेका छन् । ठुल दलका नेताहरुले समुदाय फुटाउने काम गरेको आरोप लगाए । सुदूर, पुर्व, मधेशी थारुका नामबाट नेताहरुले स्वार्थ सिद्ध गर्न बाहेक कुनै पनि काम नगरेकोले उक्त क्षेत्रहरु उत्पिडनमा परेको भट्टराईको दावि छ । मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै भ्रष्टाचार र चुनाव विच सम्बन्ध रहेको बताए । ‘भ्रष्टाचार बाट कमाएको पैशा चुनावमा प्रयोग गरिन्छ, ‘पुर्व प्रधानमन्त्री भट्टराईले भने, ‘त्यस्तै क्र्मबाट मुलुकमा अनियमिता बढ्दै गएको छ ।’ 

आफ्नो टाउकाको मुल्य तोक्नेसंग माओवादीले साँठगाठ गरिरहेको भन्दै उनले ठुला दल सत्ताका लागि विदेशी सामु लम्पसार भएको आरोप समेत लगाएका छन् । नयाँ शक्तिलाई घेराबन्दीमा राखेको गुनासो पोख्दै अर्काको चुनाव चिन्हमा स्थानीय तहको चुनावमा भाग लिएको बताए । ‘हामीलाई चुनाव चिन्ह दिएन्, ‘उनले भने, ‘हामीसंग समय रहेन्, अर्काको चुनाव चिन्हमा भाग लिनका छौँ । पुराना राजनीतिक शक्तिबाट मुलुकको निकास र सम्बृद्धि नहुने भन्दै वैकल्पिक नयाँ शक्ति खोजेको स्पष्ट पार्नुभयो । चुनावी सभामा नयाँ शक्तिका तर्फबाट भीमदत्त नगरपालिकाकी मेयरकी उमेद्बार माया नेगी, चर्चित नायिका तथा नयाँ शक्तिकी नेतृ कसिस्मा मानन्धर, नयाँ शक्ति ७ नम्बर प्रदेशका उत्प्रेरक भीम कडायत, सांसद गंगा चौधरी, नयाँ शक्तिकी सह–संयोजक दुर्गा सोब लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालक नयाँ शक्तिका कञ्चनपुर सह–संयोजक जनक साउदले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो