जेठ ९, विराटनगर | विराटनगर महानगरपालिका बनेपछि स्थानीय हर्षित भएका छन् । 

नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विराटनगर उपमहानगरपालिकाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ९, विराटनगर | विराटनगर महानगरपालिका बनेपछि स्थानीय हर्षित भएका छन् । 

नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विराटनगर उपमहानगरपालिकाक"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विराटनगरमा आज दीपावली गरिदै

९ जेष्ठ २०७४, मंगलवार ०७:१४

जेठ ९, विराटनगर | विराटनगर महानगरपालिका बनेपछि स्थानीय हर्षित भएका छन् । 

नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरी महानगरपालिकामा परिणत गरेको निर्णय गरेपछि स्थानीय हर्षित भएका हुन् । 

लामो इतिहास बोकेको विराटनगर महानगरपालिका बनाउनका लागि विभिन्न राजनीतिक दलका नेता, सांसद, व्यापारिक सङ्घ सङ्गठन, सामाजिक संस्था लामो समयदेखि प्रयासरत रहेका कारण पुरानो नगरी विराटनगर महानगरपालिका बनेको हो । 

दुई लाख १४ हजार जनसङ्ख्या रहेको विराटनगरमा अब टङ्कीसिनुवारी गाउँका करिब २० हजार र जहदा–३ का आठ हजार जनसङ्ख्यालाई समावेश गरिने भएको छ । १९ वडा रहेको विराटनगरका केही वडाको सङ्ख्या बढ्नुका साथै जनसङ्ख्या दुई लाख ४० हजारको हाराहारीमा जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ । 

विराटनगरलाई महानगरपालिका बनाउने घोषणा गरेकोलगत्तै मोरङ व्यापार सङ्घले आज साँझ विराटनगरमा दीपावली मनाउन व्यापारीलगायत नगरवासीसँग अपिल गरेको छ । 

सो सङ्घले एक विज्ञप्ति जारी गरी सरकारको सो निर्णयको हार्दिक स्वागत गर्नुका साथै महानगरपालिका बनाउनका लागि सहयोग गर्ने विभिन्न राजनीतिक दल र नगरवासीप्रति आभार प्रकट गरेको छ । यसका साथै आगामी दिनमा पनि जनहितका लागि हुने कार्यमा सङ्घ सदैव अग्रसर रहने प्रतिबद्धतासमेत प्रकट गरेको छ । 

विराटनगरलाई महानगरपालिका बनाउनका लागि सांसद अमृत अर्याल, ऋषिकेश पोखरेल, पवन शारडा, अमन मोदीलगायतका सांसद एवम् मोरङका अन्य सांसद एवम् नेताको अहम् योगदान रहेको छ । 

राजनीतिक एवम् औद्योगिक क्षेत्रको केन्द्रबिन्दुको रुपमा रहेको विराटनगर अब चार महानगर– काठमाडौँ, ललितपुर, भरतपुर र पोखराको स्तरमा पुगेको देख्दा यहाँका स्थानीय आफूलाई गौरवान्वित महसुस गर्न थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने