जेठ १०, धनगढी | दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली काँग्रेसका जिल्लास्तरीय नेताहरुमा उम्मेदवार छनौटमा सकस परेको छ । 

उम्मेद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १०, धनगढी | दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली काँग्रेसका जिल्लास्तरीय नेताहरुमा उम्मेदवार छनौटमा सकस परेको छ । 

उम्मेद"/>

२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा काँग्रेसलाई उम्मेदवार छनौटमा सकस

२०७४, १० जेष्ठ बुधबार ०३:२२

जेठ १०, धनगढी | दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली काँग्रेसका जिल्लास्तरीय नेताहरुमा उम्मेदवार छनौटमा सकस परेको छ । 

उम्मेदवारका आकाङ्क्षी बढी देखिएपछि छनौटमा समस्या देखिएपनि आज सबै स्थानीय तहमा उठाइने उम्मेदवारको टुङ्गो लगाइसक्ने नेपाली काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताउनुभयो । चुनाव आउन २१ दिन मात्रै बाँकी रहेको अवस्थामा पनि काँग्रेसले कैलालीको धनगढी उपमहानगरपालिकासहितका अधिकांश स्थानीय तहमा उठाउने उम्मेदवारको टुङ्गो अझै लगाउन सकेको छैन । 

यद्यपि उम्मेदवारको टुङ्गो नलाग्दै काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपालगायतका दलले मतदातालाई आफ्नो पक्षमा रिझाउन चुनावी घरदैलो सभा, अन्तरक्रियाजस्ता कार्यक्रम गर्दै आएका छन् । 

नेकपा (एमाले)ले भने धनगढी उपमहानगरपालिकाको प्रमुखमा दुर्गाप्रसाद जोशी र उपप्रमुखमा रुक्मिणी देवकोटालाई उम्मेदवार बनाउने निर्णय तीन दिनअघि मात्रै गरेको छ । नेकपा (माओवादी केन्द्र)ले पनि उपमहानगरको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउने निर्णय वैशाखमा नै गरिसकेको थियो । 

यी दुई पार्टीले धनगढी उपमहानगरसहित जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारको टुङ्गो लगाइसकेको भएपनि टुङगो लगाइएका कतिपय ठाउँमा अझै कुरा नमिलेको बताइन्छ । 

कैलालीमा एक उपमहानगर (धनगढी), छ नगरपालिका र छ गाउँपालिकासमेत १३ वटा स्थानीय तह रहेका छन् । यीमध्ये धनगढी उपमहानगरपालिकाको चुनावलाई सबैले बढी महत्व र चासोका साथ हेरिरहेका छन् । ७ नं प्रदेशको एक मात्र महानगरका साथै मुख्य व्यापारिक केन्द्र भएको र पछिल्लो संविधान सभाको चुनावमा काँग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन जितेको क्षेत्र रहेकाले पनि यो उपमहानगरको चुनावलाई बढी चासोका साथ हेर्ने गरिएको हो । 

दोश्रो चरणमा निर्वाचन हुने भनेपछि सुरुको अवस्थामा केही सेलाएको यहाँको चुनावी सरगर्मी पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै बढेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध