2026-06-29 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा नेपाली काँग्रेसले उम्मेदवारको टुङ्गो लगायो (कहाँ को उम्मेदवार ?)

जेठ १०, रामपुर (पाल्पा) | नेपाली काँग्रेस पाल्पाले स्थानीय तहको निर्वाचनका लागि नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवारको टुङ्गो लगाएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको यो जिल्लामा आउँदो जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि काँग्रेसले उम्मेदवार छनोट गरी प्रचारप्रसारलाई तीव्रता दिन थालेको छ । 

तानसेन नगरपालिकाको नगर प्रमुखमा अजयमान कर्माचार्य र उपप्रमुखमा लालकुमारी राना, रामपुर नगरपालिकाको प्रमुखमा रमणबहादुर थापा र उपप्रमुखमा विष्णुदेवी घिमिरे आचार्यलाई काँग्रेसले सर्वसहमतिमा उम्मेदवारी छनोट गरेको हो । 

गाउँपालिकातर्फ निस्दी गाउँपालिकाका अध्यक्ष पदमा शालिकराम पाण्डेय, उपाध्यक्षमा राममाया सोमै, रम्भा गाउँपालिकाको अध्यक्षमा अशोक फाल, उपाध्यक्षमा विष्णु सिञ्जाली, बगनासकाली गाउँपालिकाको अध्यक्षमा कृष्ण बस्याल, उपाध्यक्षमा पेमा चिदी र माथागढी गाउँपालिकाको अध्यक्षमा सन्तोष थापा तथा उपाध्यक्षमा निर्मला भट्टराईलाई उम्मेदवार बनाएको छ । 

त्यस्तै पूर्वखोला गाउँपालिकाको अध्यक्षमा झमनराज मगर, उपाध्यक्षमा पुष्पा गाह, रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा रामबहादुर कार्की,उपाध्यक्षमा चेतना थापा, तिनाहुँ गाउँपालिकाको अध्यक्षमा महेन्द्र पाण्डे, उपाध्यक्षमा मनु कार्की र रिब्दिकोट गाउँपालिकाको अध्यक्षमा गोविन्दबहादुर आचार्य र उपाध्यक्षमा कमला छहरीलाई सर्वसहमतिमा उम्मेदवार छनोट गरिएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी