२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा नेपाली काँग्रेसले उम्मेदवारको टुङ्गो लगायो (कहाँ को उम्मेदवार ?)

१० जेष्ठ २०७४, बुधबार ०८:२५

जेठ १०, रामपुर (पाल्पा) | नेपाली काँग्रेस पाल्पाले स्थानीय तहको निर्वाचनका लागि नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवारको टुङ्गो लगाएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको यो जिल्लामा आउँदो जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि काँग्रेसले उम्मेदवार छनोट गरी प्रचारप्रसारलाई तीव्रता दिन थालेको छ । 

तानसेन नगरपालिकाको नगर प्रमुखमा अजयमान कर्माचार्य र उपप्रमुखमा लालकुमारी राना, रामपुर नगरपालिकाको प्रमुखमा रमणबहादुर थापा र उपप्रमुखमा विष्णुदेवी घिमिरे आचार्यलाई काँग्रेसले सर्वसहमतिमा उम्मेदवारी छनोट गरेको हो । 

गाउँपालिकातर्फ निस्दी गाउँपालिकाका अध्यक्ष पदमा शालिकराम पाण्डेय, उपाध्यक्षमा राममाया सोमै, रम्भा गाउँपालिकाको अध्यक्षमा अशोक फाल, उपाध्यक्षमा विष्णु सिञ्जाली, बगनासकाली गाउँपालिकाको अध्यक्षमा कृष्ण बस्याल, उपाध्यक्षमा पेमा चिदी र माथागढी गाउँपालिकाको अध्यक्षमा सन्तोष थापा तथा उपाध्यक्षमा निर्मला भट्टराईलाई उम्मेदवार बनाएको छ । 

त्यस्तै पूर्वखोला गाउँपालिकाको अध्यक्षमा झमनराज मगर, उपाध्यक्षमा पुष्पा गाह, रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा रामबहादुर कार्की,उपाध्यक्षमा चेतना थापा, तिनाहुँ गाउँपालिकाको अध्यक्षमा महेन्द्र पाण्डे, उपाध्यक्षमा मनु कार्की र रिब्दिकोट गाउँपालिकाको अध्यक्षमा गोविन्दबहादुर आचार्य र उपाध्यक्षमा कमला छहरीलाई सर्वसहमतिमा उम्मेदवार छनोट गरिएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य