२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा एमाले उम्मेदवारको टुङ्गो लाग्यो (कहाँ को परे ?)

१० जेष्ठ २०७४, बुधबार ०८:३४

जेठ १०, इलाम | आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) इलामले यहाँका १० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ । 

आकाङ्क्षी धेरै भएपछि जिल्ला तहबाट उम्मेदवार छान्न नसकेपछि प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो जेठ ९ गते राति प्रदेश कमिटीले लगाएको हो ।

एमाले प्रचार समिति इलामका सचिव नवराज शङ्करका अनुसार १० वटै तहका प्रमुख र उपप्रमुखको उम्मेद्वारी घोषणासँगै सम्पूर्ण कार्यकर्ता चुनावी प्रचारप्रसारका लागि गाउँगाउँ जान थालेका छन् । एमालेले ८१ वटा वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारी एक साताअघि नै घोषणा गरिसकेको छ । 

एमालेले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा उदय राई, उपाध्यक्षमा शोभा पराजुली, माइजोगमाई गाउँपालिकाको अध्यक्षमा जीतबहादुर राई र उपाध्यक्षमा सावित्रा भट्टराई, सूर्योदय नगरपालिकाको प्रमुखमा आरबी राई र उपप्रमुखमा चित्रकला बराइलीलाई उम्मेदवार घोषणा गरेको हो । 

यसैगरी रोङ गाउँपालिकको अध्यक्षमा बृहस्पति भट्टराई र उपाध्यक्षमा विष्णुमाया खवास, माई नगरपालिकाको प्रमुखमा दीपक थेवे र उपप्रमुखमा विष्णुमाया आचार्य, चुलाचुली गाउँपालिकको अध्यक्षमा प्रदीपचन्द्र राई र उपाध्यक्षको नाम घोषणा हुन बाँकी छ । 

यस्तै माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा हेमन्त राई, उपाध्यक्षमा सुनिता योङहाङ, फाकफोकथुम गाउँपालिकको अध्यक्षमा दीपेन्द्र खनाल र उपाध्यक्षमा सरस्वती राई, देउमाई नगरपालिकाको प्रमुखमा सूर्य पोखरेल र उपप्रमुखमा पविमाया राई र इलाम नगरपालिकाको प्रमुखमा महेश बस्नेत र उपप्रमुखमा सुशीला नेम्वाङलाई उम्मेदवार घोषणा गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य