जेठ १०, झापा | सरकारले झापाका ३ गाउँपालिकालाई नगरपालिका बनाएको छ । झापाको कमल गाउँपालिकालाई नगरपालिका बनाउने निर्णयसंगै उक्त नगरपालिकाको केन्द्र साविकको कमलामाई गाउँपालिकाको कार्यालयलाई बनाएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका पनि सरकारले नगरपालिका बनाएको छ । बुद्धशान्ति नगरपालिकाको कार्यालय हाललाई साविकको झापा गाउँपालिकै कार्यालयलाई तोकिएको छ । जिल्लाकै महत्वपूर्ण झापा गाउँपालिकालाई नगरपालिका बनाइएको छ ।
त्यस्तै भद्रपुर नगरपालिकाको वडा संख्या बृद्धि गरेको छ । जसमा वडा नम्बर ५ र ६ लाई टुक्र्याएर वडा नम्बर ५, ६ र ११ कायम गरेको छ ।