अमर पासमान | जेठ ११, सिरहा | शिक्षकका प्रिय नेता तथा समाजसेवी सौखिलाल यादवको मङ्गलवार सांझ असामयिक निधन भएको छ।

सिरहा सदरमुकाम स्थित लक्ष्मिनारायण प्राविका प्रधान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमर पासमान | जेठ ११, सिरहा | शिक्षकका प्रिय नेता तथा समाजसेवी सौखिलाल यादवको मङ्गलवार सांझ असामयिक निधन भएको छ।

सिरहा सदरमुकाम स्थित लक्ष्मिनारायण प्राविका प्रधान"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा शिक्षकका प्रिय नेता तथा समाजसेवी सौखिलाल यादव रहेनन्

११ जेष्ठ २०७४, बिहीबार ०७:४४

अमर पासमान | जेठ ११, सिरहा | शिक्षकका प्रिय नेता तथा समाजसेवी सौखिलाल यादवको मङ्गलवार सांझ असामयिक निधन भएको छ।

सिरहा सदरमुकाम स्थित लक्ष्मिनारायण प्राविका प्रधानाध्यापक यादवको मंगलवार सांझ ८ बजे ब्रेन ह्याम्रेजका कारण मृत्यु भएको परिवारजनले जनाएको छ ।

सिरहा नगरपालिका ९ ठेंगहिका ५६ वर्षिय यादवको बुधवार बिहान घर नजिकैको मैनावती नदिमा अन्त्येष्टि गरिएको छ ।यादवको दुई छोरा र एक छोरी रहेका छन ।

यादवको मृत्युको खबरले बुधवार सिरहा शोकमय भएको थियो।

मृतक यादवको सम्मानमा चन्द्र मावी,ब्रझ मावी,सारस्वर मावी,वालमन्दिर मावी, प्रावी गुलरिया लगायतका विद्यालयले बुधबार विद्यालयमा शोक सभाको आयोजना गरि श्रद्धान्जली अर्पण गरेका छन ।शिक्षक यादवको निधनप्रती सिरहाका शिक्षा अधिकारी अरविन्दलाल कर्ण,अभिभावक संघका अध्यक्ष धिरेन्द्र साह,शिक्षक संघका अध्यक्ष मनोज यादव , अधिवक्ता संघका सचिव बिरेन्द्र यादव,बि नि भवानी कट्टेल,स्रोतब्यक्ती कासिन्दर यादव ,शिक्षक संगठनका संस्थापक अध्यक्ष बेचु साह, शिक्षक संगठनका अध्यक्ष शिवनन्दन यादव, शिक्षक क्रान्तिकारिका अध्यक्ष शिवराज यादवले समबेदना प्रकट गरेका छन ।यादवको सम्मानको लागि शिक्षकका पेसागत संघ ,संगठनले १४ गते आइतवार जिल्लाभरिका विद्यालयमा शोक सभा गर्ने घोषणा गरेको छ ।

२०३८ सालमा उदयपुरको प्रावी लेखानिपोखरिबाट स्थायी सेवामा प्रवेश गरेका यादव २०३९ सालमा सिरहाको प्रावी ठेगहिमा सरुवा भै आएका थिए ।त्यसपछी यादव हालसम्म लक्ष्मिनारायण प्राविमा कार्यरत थिए ।

जागिरे अबधिमा नेपाल रास्ट्रीय शिक्षक संगठन सिरहाका सचिव,सगरमाथा अञ्चल स्स्मन्वय समितिका सचिब हुँदै संगठनका केन्द्रिय प्रतिनिधिसमेत भै सकेका थिए ।

शिक्षक  यादवले संगठन भित्र गुटबन्दी हावी भएको भन्दै नेतृत्व प्रती आरोप लगाउदै २०७० सालमा आफ्नै अध्यक्षतामा संगठनका समानान्तरण समिती गठन गरेका थिए ।

नेकपा एमालेका सकृय कार्यकर्ता यादव पार्टि भित्रको गुट उप गुटले पनि आफुहरुलाइ समानान्तर समिती गठनका लागि बाध्य बनाएको यादव बताउथे।

तर एमाले पार्टिमा डा नवीन यादवको प्रवेश कार्यक्रममा सहभागी भएका यादव सिरहामा एमालेलाई बलियो बनाउन संगठनलाई एकजुटको आवस्यक्ता महसुस भएको बताएको स्रोतले बतायो।संगठन भित्रको विवाद मिलाउन पार्टी प्रयासरत रहेको अबस्थामा यादवको निधन भएको एमालेका युवा नेता यादवले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो