अमर पासमान | जेठ ११, सिरहा | शिक्षकका प्रिय नेता तथा समाजसेवी सौखिलाल यादवको मङ्गलवार सांझ असामयिक निधन भएको छ।

सिरहा सदरमुकाम स्थित लक्ष्मिनारायण प्राविका प्रधान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमर पासमान | जेठ ११, सिरहा | शिक्षकका प्रिय नेता तथा समाजसेवी सौखिलाल यादवको मङ्गलवार सांझ असामयिक निधन भएको छ।

सिरहा सदरमुकाम स्थित लक्ष्मिनारायण प्राविका प्रधान"/>

2026-07-24 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा शिक्षकका प्रिय नेता तथा समाजसेवी सौखिलाल यादव रहेनन्

अमर पासमान | जेठ ११, सिरहा | शिक्षकका प्रिय नेता तथा समाजसेवी सौखिलाल यादवको मङ्गलवार सांझ असामयिक निधन भएको छ।

सिरहा सदरमुकाम स्थित लक्ष्मिनारायण प्राविका प्रधानाध्यापक यादवको मंगलवार सांझ ८ बजे ब्रेन ह्याम्रेजका कारण मृत्यु भएको परिवारजनले जनाएको छ ।

सिरहा नगरपालिका ९ ठेंगहिका ५६ वर्षिय यादवको बुधवार बिहान घर नजिकैको मैनावती नदिमा अन्त्येष्टि गरिएको छ ।यादवको दुई छोरा र एक छोरी रहेका छन ।

यादवको मृत्युको खबरले बुधवार सिरहा शोकमय भएको थियो।

मृतक यादवको सम्मानमा चन्द्र मावी,ब्रझ मावी,सारस्वर मावी,वालमन्दिर मावी, प्रावी गुलरिया लगायतका विद्यालयले बुधबार विद्यालयमा शोक सभाको आयोजना गरि श्रद्धान्जली अर्पण गरेका छन ।शिक्षक यादवको निधनप्रती सिरहाका शिक्षा अधिकारी अरविन्दलाल कर्ण,अभिभावक संघका अध्यक्ष धिरेन्द्र साह,शिक्षक संघका अध्यक्ष मनोज यादव , अधिवक्ता संघका सचिव बिरेन्द्र यादव,बि नि भवानी कट्टेल,स्रोतब्यक्ती कासिन्दर यादव ,शिक्षक संगठनका संस्थापक अध्यक्ष बेचु साह, शिक्षक संगठनका अध्यक्ष शिवनन्दन यादव, शिक्षक क्रान्तिकारिका अध्यक्ष शिवराज यादवले समबेदना प्रकट गरेका छन ।यादवको सम्मानको लागि शिक्षकका पेसागत संघ ,संगठनले १४ गते आइतवार जिल्लाभरिका विद्यालयमा शोक सभा गर्ने घोषणा गरेको छ ।

२०३८ सालमा उदयपुरको प्रावी लेखानिपोखरिबाट स्थायी सेवामा प्रवेश गरेका यादव २०३९ सालमा सिरहाको प्रावी ठेगहिमा सरुवा भै आएका थिए ।त्यसपछी यादव हालसम्म लक्ष्मिनारायण प्राविमा कार्यरत थिए ।

जागिरे अबधिमा नेपाल रास्ट्रीय शिक्षक संगठन सिरहाका सचिव,सगरमाथा अञ्चल स्स्मन्वय समितिका सचिब हुँदै संगठनका केन्द्रिय प्रतिनिधिसमेत भै सकेका थिए ।

शिक्षक  यादवले संगठन भित्र गुटबन्दी हावी भएको भन्दै नेतृत्व प्रती आरोप लगाउदै २०७० सालमा आफ्नै अध्यक्षतामा संगठनका समानान्तरण समिती गठन गरेका थिए ।

नेकपा एमालेका सकृय कार्यकर्ता यादव पार्टि भित्रको गुट उप गुटले पनि आफुहरुलाइ समानान्तर समिती गठनका लागि बाध्य बनाएको यादव बताउथे।

तर एमाले पार्टिमा डा नवीन यादवको प्रवेश कार्यक्रममा सहभागी भएका यादव सिरहामा एमालेलाई बलियो बनाउन संगठनलाई एकजुटको आवस्यक्ता महसुस भएको बताएको स्रोतले बतायो।संगठन भित्रको विवाद मिलाउन पार्टी प्रयासरत रहेको अबस्थामा यादवको निधन भएको एमालेका युवा नेता यादवले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक