दिनेश ठकुल्ला | जेठ ११, धनगढी | कैलाली बुहमुखी क्याम्पसमा १२ बर्षपछि भएको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अनेरास्ववियूका चुडामणी भट्ट विजयी हुनुभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | जेठ ११, धनगढी | कैलाली बुहमुखी क्याम्पसमा १२ बर्षपछि भएको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अनेरास्ववियूका चुडामणी भट्ट विजयी हुनुभएको छ । 
2026-07-25 01:45 PM
कैलाली - KLL

१२ वर्षपछि स्ववियु चुनाव: कैलालीमा बहुमुखीमा अनेरास्ववियुको कब्जा

दिनेश ठकुल्ला | जेठ ११, धनगढी | कैलाली बुहमुखी क्याम्पसमा १२ बर्षपछि भएको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अनेरास्ववियूका चुडामणी भट्ट विजयी हुनुभएको छ । 

भट्ट ६ सय ९७ मत प्राप्त गर्दै स्ववियु सभापतिमा विजयी हुनभएको हो । उहाँका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सभापतिका उम्मेदवार गुरुदेव केसी (सुमन) ले चार सय ९५ मत प्राप्त गर्नुभएको थियो । 

त्यस्तै, सचिवमा अनेरास्ववियूकै कृष्ण रोकायाले पाँच सय २७ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका निकट्तम प्रतिद्धन्द्धी नेविसंघका विश्व चौधरीले चार सय नौ मत प्राप्त गर्नुभयो । 

कोषाध्यक्षमा अनेरास्ववियुकी कल्पना पालले चार सय ८२ मतसहित विजयी हुनुभयो भने नविसंघकी तृष्णा रावलले चार सय ६५ मत प्राप्त गर्दै पराजय भोग्नुभयो ।

४ हजार ५० मतदाता रहेको क्याम्पसमा ९ गते भएको मतदानमा एक हजार नौ सय ३६ मत खसेको थियो । बुधबार मतगणना भईरहेका बेला नेविसंघका प्रतिनिधिहरुले ३ सय ७५ मत च्योतपछि  गणना स्थागित भएको हो ।

झण्डै १६ सय मत गनिएपछि नेविसंघका प्रतिनिधिले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेको आरोपमा नेविसंघका सभापतिका उम्मेद्वार गुरुदेव के.सी, नेविसंघका क्षेत्र नम्बर ६ का अध्यक्ष गजेन्द्र विक्रस साही, नेविसंघ कैलालीका कार्यबहाक जिल्ला अध्यक्ष भेष बहादुर बम, दिलिप केसी, तिलक बटाला र दिपेन्द्र सिंह गरी ६ जनालाई पनि प्रहरीले बुधबार दिउसो पक्राउ गरि साँझ छाडेको थियो । 

च्यातिएका ३ सय ७५ मतमध्ये १ सय मतमात्रै गन्न सकिेन थिए । निर्वाचन समितिले १ सय मत गणनागरेपछि विजयी घोषणा गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ