दिनेश ठकुल्ला | जेठ ११, धनगढी | एकलौटी रुपमा टिकट वितरण गरिएको भन्दै असन्तुष्ट पक्षले नेपाली काग्रेस पार्टी कार्यालयमा ताला लगाएका छन । 

उनीहरुले विहानै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | जेठ ११, धनगढी | एकलौटी रुपमा टिकट वितरण गरिएको भन्दै असन्तुष्ट पक्षले नेपाली काग्रेस पार्टी कार्यालयमा ताला लगाएका छन । 

उनीहरुले विहानै "/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

स्थानीय तह चुनाव: काग्रेसमा गुटबन्दी छताछुल्ल, पार्टी कार्यालयमा तालाबन्दी

२०७४, ११ जेष्ठ बिहीबार ०८:१०

दिनेश ठकुल्ला | जेठ ११, धनगढी | एकलौटी रुपमा टिकट वितरण गरिएको भन्दै असन्तुष्ट पक्षले नेपाली काग्रेस पार्टी कार्यालयमा ताला लगाएका छन । 

उनीहरुले विहानै ९ बजे पार्टी कार्यालयमा पुगेर मुल गेटमा ताला लगाएका हुन । पार्टीमा लामो समयदेखि योगदान दिएका व्यक्तिलाई भन्दा पार्टीमा दुई पैसाको योगदान नदिएका व्यक्तिलाई स्थानीय तहको  निर्वाचनका लागि उम्मेदवार बनाएको भन्दै असन्तुष्ट पक्षले तालाबन्दी गरेको बताएका छन । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १ बाट अध्यक्षका आकांक्षी उम्मेदवार कृष्ण बहादुर कुँवरको नेतृत्वमा नेपाली कांग्रेस वडा नम्बर १ का पूर्व अध्यक्ष कृष्ण बहादुर मल्ल, वडा नम्बर ५ बाट वडा अध्यक्षका आकांक्षी उम्मेदवार टेकराज ओझा लगायतका युवाहरुले तालाबन्दी गरेका हुन् । 

कैलालीमा पार्टी सभापति शेर बहादुर देउवा पक्षकालाई मात्रै वितरण गरिएको आरोप असन्तुष्टहरुको छ । चुनाव जित्ने आधार र सम्भावना भएका व्यक्तिलाई भन्दा शक्ति र पैशा भएको व्यक्तिलाई टिकट वितरण गरिएकाले पार्टी कार्यालयमा तालाबन्दी गरेको कृष्ण बहादुर कुँवरले बताउनुभयो । 

उनीहरुले समानुपाति र निपक्ष रुपमा टिकट वितरण नगरिएसम्म तालाबन्दी यथावत राख्ने चेतावनी नेतृत्वलाई दिएका छन । उनीहरुले आर्थिक प्रलोभनमा परेर टिकट बितरण गर्न लागिएको भन्दै वागी उम्मेद्वार उठाउने बताउदै आएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस